काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डाक्टर गाेविन्द केसीका सबै माग सरकारले पुरा गरिसकेकाे दावी गरेका छन् । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक बिहिवार आयाेजित पत्रकार भेटघाटमा मन्त्री बाँस्काेटाले यस्ताे दावी गरेका हुन् ।
स्वास्थ क्षेत्रमा सुधारका लागि लामाे समय देखि सत्यग्रह गर्दै आएका केसीले बुधवार देखि इलाममा १६ औँ चरणकाे अनसन शुरू गरेका छन् । यस अघि डाक्टर केसीले १५ औँ चरणकाे अनसन जुम्लामा गरेका थिए । वर्तमान सरकारले नै अपहरणकाे शैलीमा डाक्टर केसीलाइ काठमाडाै ल्याइ केही दिन पछि उनका माग पुरा गर्ने भन्दै सम्झाैता गरेकाे थियाे । त्यस पछि डाक्टर केसीले प्रधानमन्त्रीलाइ समेत भेटेका थिए । तर सरकारले ल्याएकाे विधयेक सम्झाैता विपरित भएकाे भन्दै डाक्टर केसी पुन अनसन शुरू गरेका हुन ।
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गोविन्द केसीका करीब सबै माग पूरा भइसकेको छ भन्दै, अनशन बस्नाले कुनै अर्थ नराख्ने बताए ।
यस्तै मन्त्री बास्काेटाले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान प्रकरणबारे प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले निर्णय गरेको र सरकारले पनि छानबिन आयोग बनाएको सन्दर्भमा विषयलाई ढाकछोप गर्ने भन्दा पनि आयोगको प्रतिवेदन आएपछि अन्तिम निर्णय हुने बताए ।
उनले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका विषयमा अब एक दुइ दिनमा निर्णय हुने प्रष्टाए । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता बाँस्कोटाले त्यस बारेमा छानबिन समिति बनाएको र अबको एक दुई दिनभित्रै निकास दिनका लागि सरकारले राजदूत शेर्पालाई भनेको जानकारी दिए ।
यस अघि केही मिडियाले राजदुत शेर्पा बर्खास्त भएकाे भन्दै समाचार सार्वजनीक गरेका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको राजीनामा स्वीकृत गरेर पुरुषोत्तम खनाललाई निमित्त अध्यक्षका रुपमा नियुक्तिसमेत दिइसकिएको जानकारी दिदै सञ्चारमन्त्री बाँस्कोटाले सरकारले क्लिनफिडको नीति कुनै पनि मिडिया हाउसलाई कमजोर बनाउने भन्दा पनि व्यवस्थित गर्ने उद्देश्यले ल्याएको हुँदा अनावश्यक टीकाटिप्पणी नगर्न उहाँले गरे ।
यस्तै पुस २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्मा प्रस्तुत गरेको वक्तव्यमा समावेश भएका तथ्याङ्क गलत नभएको प्रष्ट पार्दै राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा नदिने जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्:-