काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् । सिंहदरवारको मूल गेट अगाडि रहेको शाहको शालिकमा उनले पुष्पहार चडाइन् ।
सरकारले पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नराखे पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागबारे केही वास्ता गरेको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । सो क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-