काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
हेलिकोप्टरबाट गोरखा पुगेर फर्किएका उनी बुधबार साँझ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका हुन्। प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका छन्। उनलाई नेपाली कांग्रेससहित अधिकांश सांसदको समर्थन मिलेको छ।
विश्वासको मत लिएपछि प्रचण्ड अब मन्त्रिपरिषद् विस्तार तयारीमा छन्। पुस ११ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनी आफैंले अहिले १७ वटा मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्। मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले गति लिन नसकिरहेको अवस्थामा प्रचण्ड त्यसकै तयारीबारे छलफल गर्न बालकोट पुगेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-