काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्।
महामन्त्री थापाले शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘नेपालको राजनीति ३ जना भूतपूर्व प्रधानमन्त्रीको अखडाजस्तो भयो। कुन चाहीँ भूतपूर्व प्रधानमन्त्रीले कुनलाई झुक्काउनुभयो। आइतबार फलानोले झुक्काउनुभएको थियो,’ थापाले कार्यक्रममा भने, ‘सोमबार फलानोले ठहरै पार्यो। कुनचाहीँ भूतपूर्वले कुनचाहीँ भूतपूर्वलाई झुक्काइरहेको छरु भनेर तपाईंहरुको मनमा परेको छ।’






प्रतिक्रिया लेख्नुहोस्:-