Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नुवाकोटमा ४५ हल गोरुको घम्साघम्सी

माघ १, २०७५ ३:२१ मा प्रकाशित
नुवाकोटमा ४५ हल गोरुको घम्साघम्सी

g'jfsf]6sf] tf?sfdf df3] ;+qmflGtsf] cj;/df dªunaf/ uf]? h'wfOFb} . tf?sfdf @# xn uf]? h'wfOPsf] lyof] . t:jL/ M gjbLk >]i7, g'jfsf]6, /f;;

Share on FacebookShare on Twitter

नुवाकोट ।  माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ ।

जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।

मेलाको आज उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।

‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ शुरु भएको मेलामा हजारौँ दर्शकको भीड लागेको थियो । कच्ची मोटरबाटो र धुलोको कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भीडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने वडाध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो ।

गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताउनुभयो । उहाँले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको बताउनुभयो ।

यस्तै, २०६७ सालबाट शुरु भएको जिल्लाको बेत्रावतीमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । कार्यक्रममा विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डितले ऐतिहासिक क्षेत्र बेत्रावतीको गोरु जुधाइले अर्को ऐतिहासिक पर्व भएकाले यसको संरक्षण र निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजीत नभएपछि छुट्याउनु परेको थियो ।

यस्तै २०७१ सालबाट शुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । यहाँ पहिलो हुने गोरुधनी सुमी थापाले रु १५ हजार, दोस्रो हुने गोरुधनी उमेश अधिकारीलाई रु १० हजार, तेस्रो हुने गोरुधनी अर्जुन प्याकुरेललाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक नवप्रतिभा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिनुभयो ।

यस्तै, यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउँपालिकाको कट्टिछापमा तीन हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा चार हल गोरु जुधाइएको थियो ।

 

 

 

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result