काठमाडौं । आज पोखरामा यति एयसलाइन्सको विमान दुर्घटना भएपछि उसले भोलिका लागि निर्धारित गरिएका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको जानकारी दिइएको हो ।
आइतबार वबहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः ०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य चार जनाको खोजी कार्य जारी छ ।







प्रतिक्रिया लेख्नुहोस्:-