काठमाडौं । थारू समुदायले आज काठमाडौंको टुंडिखेलमा धुमधामसँग राष्ट्रिय माघी महोत्सव मनाएका छन्। महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिए पनि प्राविधिक कारणवस उपस्थित हुन नसकेको थाकसका सदस्य सचिव कानुन लाल चौधरीले बताए ।
महोत्सवको उद्घान अगाडि थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित वसन्तपुरबाट झाँकी र्याली निकालिएको छ । झाकी र्याली वसन्तपुरबाट सुरू भएर रत्नपार्क, भृकुडीमण्डपसहित मूल समारोहमा सरिक भएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-