Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकारले सत्य कुरै लेख्दैनन : समुदायका अगुवा , दुई चार जनालाई पैसा खुवाए भन्दैमा पुरै पेशालाई आरोप नलगाउनुस : पत्रकार

माघ २, २०७५ २:५१ मा प्रकाशित
पत्रकारले सत्य कुरै लेख्दैनन : समुदायका अगुवा , दुई चार जनालाई पैसा खुवाए भन्दैमा पुरै पेशालाई आरोप नलगाउनुस : पत्रकार
Share on FacebookShare on Twitter

न्युयोर्क । अमेरिकामा रहेका नेपाली समुदायका अगुवाले यहाँ क्रियाशिल पत्रकारलाई गुनासोका भारी बोकाएका छन् । पत्रकार निश्पक्ष हुन नसकेको, कपिपेष्ट पत्रकारिता गरेको, नकारात्मक कुरालाई प्रश्रय दिएको आरोप उनीहरुले लगाए ।

नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा आयोजित अन्र्तक्रियामा  उनीहरुले पत्रकारलाई सकारात्मक बन्न अग्रह पनि गरे । कठ्याङग्रीदो चिसोमा तीन घण्टा चलेको अन्र्तक्रिया हेर्दा समुदायका अगुवा र पत्रकार दुबैले बर्षौ देखि तुस पालेर बसेको देखिन्थ्यो । अहिले सम्म अमेरिकामा  नेपाली भाषामा पूर्णकालिन पत्रकारिता असम्भव प्राय नै देखिदै आएको छ ।

अपवाद छोड्ने हो भने आफ्नो नियमित काम बाट बचेको समयमा पत्रकारिता गर्नेको संख्या नै बाहुल्य छ ।  अमेरिकामा नेपाली भाषामा प्रिन्ट, तथा अनलाईन मिडिया सन्चालन हुदै आएका छन् ।  त्यसो त समाजका अगुवाहरुमा आम सञ्चार र सामाजिक सञ्जाललाई पनि एउटै ढोकोमा हाल्ने काम भयो । व्यक्तिले लेखेका स्टाटस  पत्रकारिताको मापन भएको देखियो । केही सहभागिले पत्रकारले पैसा नलिई समाचार नै लेख्दैन भन्ने आरोप लगाए । पत्रकारको जवाफ थियो कुनै एक दुइ जनाले बदमासी गरे होलान सबैलाई एउटै ढोकोमा नहालम ।

 

एनआरएनले समाचारमा स्थान नै पाएन 

गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाको तर्फबाट बोल्ने सबैले आफुहरुले राम्रो काम गरे पनि त्यो ओझेलमा पर्ने तर व्यक्तिगत आक्षेप लगाउदै  नकारात्मक सन्देश दिने खालका समाचार आउने गरेको दुखेसो गरे ।

अमेरिकामा रहेका पत्रकारहरु एक हुनुस भन्ने व्यङ्ग सहित बोल्न शुरु गरेका एनआरएन अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीले गल्ती औल्याउदा सत्यमा आधारित हुन आग्रह गरे । महासचिव बीआर लामा, प्रवक्ता विनोद कुमार तिवारीले आफुहरुले व्यक्तिगत प्रसंसा नचाएको तर एनआरएनले गरेका राम्रा काम ओझेलमा पर्दा समाजले त्यसबाट फाइदा लिन नसकेको गुनासो गरे ।

 

प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर संजय थापाले पत्रकारले सामाजिक अभियान्तालाई हतोत्साहित गर्न खोजेको आरोप लगाए । “केही व्यक्तिगत फाइदाका लागि पनि लागेका होलान, तर सबैलाई एउटै बर्गमा राख्न भएन, नकारात्मक कुरा लेखेर हाईहाई हुन खोजिन्छ, त्यसो हुदाँ सामाजिक कार्यगर्न अप्ठेरो परेको छ ।” पत्रकारको समाचारकै कारण े  घरबाट बाहिर निश्कदा श्रीमतीले ढोका थुन्ने अवस्था आएको थापाले बताए ।

एनआरएन आईसीसी सदस्य बिष्णुमान प्रधानले अमेरिकामा रहेका पत्रकारले विवाद ल्याउने, बासी समाचार र नेपालबाट कपिपेष्ट पत्रकारिता गर्ने गरेको आरोप लगाए ।  एनआरएन अभियान्ता सुर्य लम्सालले एउटै विषयमा पनि कसैले कालो कसैले सेतो लेख्ने गरेको भन्दै असन्तुटि व्यक्त गरे । यस्तै अर्का एनआरएन अभियान्ता विश्व शाहले सत्य कुरा बाहिर आउन नसकेको भन्दै दुखेसो पोखे । उनले नेपालीले नेपालीलाई नै ठग्ने गरेको तर त्यो कुरा पत्रकारले नदेखे झै गरेको दावी गरे । “ सत्यतथ्य आईरहेको छैन, आप्रावासीहरुको धेरै समस्या छ, उनीहरु ठगिएका छन्, अनावश्यक रुपमा पैसा बुझाउन बाध्यछन्, त्यसबारेमा लेखिदिनु पर्दछ ।”

एनआरएन न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीले भने पत्रकारहरुको केही मात्रामा बचाउ गरे । “पहिला मलाई पनि कभरेज हुदैन भन्ने नै थियो, तर अहिले त्यस्तो छैन ।” अधिकारीले एनआरएनले गरेका गतिविधिको जानकारी दिदा समुदायले नै लाभ लिन सक्ने धारण राखे ।

 

टीपीएसमा सबै लागौ

न्युयोर्कमा लामो समय देखि “अधिकार” सस्था मार्फत समुदायको हितमा सक्रिय रहदै आएकी नर्बदा क्षेत्रीले अमेरिकामा क्रियाशिल नेपाली भाषाको पत्रकारितामा टीपिएसको मुद्धा प्राथमिकतामा पर्न नसकेको गुनासो गरिन । उनले हजारौ नेपालीको भविश्य जोडिएको टीपीसलाई निरन्तरता दिन अमेरिकी सरकारलाई दवाव दिनु पर्ने भएकाले त्यसमा साथ दिन सञ्चारकर्मीलाई आग्रह गरिन ।

पत्रकारिता समावेसी नै भएन

सञ्चारकर्मी प्रतिको असन्तुष्टि जनजाती आवद्ध पदाधिकारीको पनि उस्तै रह्यो । नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले न्युयोर्कमा रहेका संस्थाले ठूलो खर्चमा  सास्कृतिक कार्यक्रम गर्ने गरेको तर त्यो समाचारको विषय नभएको भन्दै नेपाली भाषाका मिडिया समाजसेवी हुन नसकेको बताए ।

महासंघकै पूर्व अध्यक्ष लुइसाङ वाइवाले न्युयोर्कमा रहेका पत्रकारले क्रस चेक नै नगरि समाचार लेख्ने गरेको आरोप लगाउदै  कसैले गल्ती गरेको भए प्रमाण सहित लेख्न आग्रह गरे ।  तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले पत्रकारिताको कमरेजको एजेण्डा नै प्रश्ट नभएको भन्दै दाता रिजाउने पत्रकारितामा सुधार हुनु पर्नेमा जोड् दिए ।

तपाईले पत्रकारिता गर्न हुने हामीले राजनीति गर्न नहुने ?

 

नेपालका राजनैतिक दलका प्रवासी भातृ संगठनका पदाधिकारी अमेरिकामा रहेका पत्रकारमाथि सबै भन्दा आक्रोसित देखिए । पत्रकारहरुले अमेरिका आएर पनि नेपाली भाषामा नै पत्रकारिता गर्न हुने तर हामीले राजनीति गर्न किन नहुने भन्दै प्रश्न गरे ।

प्रवासी मञ्चका बरिष्ट उपाध्यक्ष टेक गुरुङले सत्यतथ्य समाचार नआउदा पत्रकारहरुकै गरिमामा आँच आउने भन्दै पत्रकार माथि व्यङ्ग समेत गरे । “तपाईहरु हामीलाई मुलधारमा आउन प¥यो भन्नु हुन्छ त्यो राम्रो कुरा हो, तपाई पत्रकार साथिहरु पनि मुलधारमा आउनुस, अग्रेजी पत्रिका चलाउनुस ।”

नेपाली जनसम्पर्क समितिका प्रमोद सिटौलाले पत्रकारहरु आफ्ना नेताको स्वागतमा विमान स्थल जादा राम्रो हुने तर आफुहरु जादा केही पत्रकारले आधुनिक दास भनेर टिप्पणी गर्ने गरिएकोमा आपत्ती जनाए । “पत्रकार समाजको आँखा हो, पत्रकारिता संवेदिनशिल हुनु पर्छ, तर त्यस्तो देखिएन, तपाईहरु नेपालमा पत्रकारिता गर्नु भयो , यहाँ पनि पत्रकारिता गर्दै हुनुहुन्छ हामी राजनीति गरेर आएका राजनीति गर्दै छौ , तपाईले गर्दा राम्रो, हामीले गर्दा खत्तम  ?” उनले समाजिक सञ्जालले सबैलाई पत्रकार बनाएको दावी गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गानाले पत्रकारलाई कार्यक्रमको निम्तो दिन घर घरमा जानु पर्ने अवस्था रहेको र संघ सस्थाले पनि हजारौ खर्च गरेर कार्यक्रम गर्ने तर विज्ञापन दिन नमान्ने गरेको बताए ।

यस्तै जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले समाचारहरु वायस हुने गरेको  भन्दै व्यक्तिगत सम्वन्ध आफ्नो ठाँउमा भए पनि  व्यवहारिक रुपमा निश्पक्ष हुन नसकेको आरोप लगाए । “विश्वभरी नै छरिएर रहेका नेपालीमा ८० प्रतिशत हाम्रा साथिहरु छन, हामीले चाहेकै साथीहरु नेतृत्वमा आउछन्, त्यो स्वाभाविक हो, जहाँ जसको सख्या धेरै छ,  त्यही नै आउछ त्यसलाई सकारात्मक रुपमा नै लिनु पर्दछ ।”

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समितिका सभापति आनन्द विष्टले मिडियाले जे लेख्यो त्यो मान्नु पर्ने, त्यसमा चित्त नबुझेर फोन गर्दा धम्कायो भन्ने आरोप खेप्नु पर्ने स्थिती रहेको दावी गरे । “मिडियाबाट धेरै साथीहरु पिडित छन्, मेरो व्यक्तिगत गुनासो छैन, कर्म गर्दै जाने हो, मिडिया समाजको ऐन हो राम्रो नराम्रो काम समाजमा ल्याइदिनुस ।”

हातमा डिग्री लिएर टयाक्सी चलाउनेको पिडा कस्ले सुन्ने ?

अमेरिकामा शिक्षण पेशामा रहेका टेक वमले नेपालीहरु शैक्षिक प्रमाण् पत्र हातमा बोकेर गुजाराका लागि ट्याक्सी चलाउन बाध्य रहेको भन्दै त्यस तर्फ सोच्न आग्रह गरे । “हातमा प्रमाण पत्र भएर पनि त्यस अनुसारको काम नपाउने धेरै छन्, त्यस्ता योग्यता भएकाहरुलाई बाटो देखाउने काम गर्नु पर्दछ ।”

अमेरिकाको सरकारी सेवामा रहेका विवेक गौतमले नेपालीको सख्या अनुपातमा अमेरिकामा धेरै संघ सस्था खुलेको भन्दै असन्तोष पोखे । “हामी भन्दा धेरै जनसंख्या भएका अन्य आप्रावासीहरुमा यस्तो छैन, एनआरएन सबैको साझा सस्था हो, सबैलाई अनुरोध छ विभाजित नबनौ, नयाँ पुस्तालाई मौका दिउ ।”

यस्तै लामो समय देखि शिक्षा क्षेत्रमा क्रियाशिल तारा निरौलाले अब नेपाली भाषाको पत्रकारिता व्यवसायीकताका साथै अर्को पुस्तामा कसरी हस्तान्तरण गर्ने  भन्नेमा सोच्न नेजालाई आग्रह गरे । “हाम्रो समाज भन्दा बाहिर पुग्न सकेका छैनौ, हामी आफुमा मात्र सिमित छौ, हाम्रा युनिक कुराहरुलाई अरु समुदायमा लैजानु पर्छ ।”

पत्रकारलाई मुद्धा हाल्नुस

कानुन व्यावसायी  बासु फुलराले सामाजिक सञ्जालमा आएका बासी कुरा समाचारको रुपमा दिदा पत्रकारको हाइट घट्ने भन्दै कुनै पत्रकारले तथ्य भन्दा बाहिर गएर लेखे मुद्धा हाल्न सुझाव दिए । यस्तै जनसम्पर्क समिति र एनआरएन अमेरिकाको नेतृत्व गरिसकेका अर्को कानुन व्यवसायी खगेन्द्र जीसीले छलफलमा उठेका विषयलाई गाली भन्दा पनि सुझाबको रुपमा लिन आग्रह गरे । “अमेरिकामा नेपाली भाषाको पत्रकारिता शुरु गर्दा निरन्तरता हुदैन की भन्ने थियो, तर अहिले यो अवस्थामा आउनु भएको छ, नेपाली समाज सानो छ अब यसलाई कसरी अगाडि बढाउने  भन्ने तर्फ जानु पर्दछ, अन्य आप्रवासी समुदायले लिएको सहुलियत नेपालीले पनि लिन सकिन्छ ।”

पत्रकारलाई पैसा खुवाउन छोडनुस

लगभग दुई घण्टा सम्म कुरा सुनेका पत्रकार त्यस पछि समाजका अगुवा माथि जाईलाग्न थाले । नेजाका पूर्व महासचिव तोया दाहालले सोसियल मिडियामा लेखिएको कुरालाई मास मिडिया सँग तुलना नगर्न आग्रह गरे । “ सिजनल पत्रकारिता, चाकरि पत्रकारिता गर्ने, हंङ्गमा मच्चाउन आउने र मास मिडियाको ग्राउण्डबाट आउनेलाई एउटै रुपमा नहेर्नुस ।”

सामाजिक संजालमा स्टाटस लेखेरै छुट्ट पहिचान बनाएका शैलेस श्रेष्ठ कार्यक्रममा भने लचियो भने । “म भवितव्यले पत्रकारिता सिक्दै गरेको हु, म सच्चिदै छु, तपाईहरु पनि सच्चिनुस, मैले सत्य कुरा नै लेखेको हो, कही कतै गल्ती भएको छ भने माफी माग्दा मलाई ग्लानी हुदैन ।”

नेजाका सस्थापक अध्यक्ष गिरिश पोखरेलले अब यो पक्ष र त्यो पक्ष भनेर झगडा गर्नु भन्दा दोस्रो पुस्ताका लागि सोच्न आग्रह गरे । शैलेस श्रेष्ठ र राजेश मिश्र माथि कटाक्ष गर्दै भनाई राखेका  नेजाका पूर्व अध्यक्ष गौतम दाहालले सबै पत्रकारलाई एउटै खाल्टोमा नहाल्न र सामाजिक सञ्जालमा कसैले लेखेको कुरालाई पत्रकारितामा नजोड्न आग्रह गरे ।

 

१२ बर्ष पछि नेजाको कार्यक्रममा फर्किएका पत्रकार राजेश मिश्र आफ्नो स्वाभाव अनुसार नै प्रस्तुत भए । आफ्नो मानो खाएर पत्रकारिता गरिरहेको भन्दै मिश्रले तीन लाख नेपाली भएको ठाँउमा साढे आठ सय सस्था किन चाहिने भनेर प्रश्न गरे । “ पत्रकारिता पनि समाज सेवा हो, केही पत्रकारको कमजोरीको फाइदा उठाँएर, केहीलाई दुई चार सयको लोभ देखाएर सबै पत्रकार विक्छन भन्ने नसोच्नुस ।”

नेजाका अध्यक्ष सुदिप पन्तले एएटा पत्रकारलाई दुई चार सय दिएर, आफु चर्चित हुन्छु भन्ने सपना नदेख्न आग्रह गर्दै बरु आफै सञ्चार उद्यमी बन्न चुनौती दिए । “पेशागत रुपमा पूर्णकालिन काम गर्न सक्ने अवस्था नहुदा पनि कलम चलाउदै आएका छौ, समाजको हितका लागि सबै जना एक हुनु पर्छ ।”

कार्यक्रममा अवैतनिक महावाणिज्यदुत ऋषि ढकालले सिमित स्रोत र साधनबाट पनि पत्रकारिता गरिरहेको भन्दै त्यसलार्य सस्थागत र व्यवसायीक कसरी बनाउने भन्ने तर्फ सोच्न आग्रह गरे । यस्तै न्युयोर्क स्थित महाबाणिज्य दुत कृशु क्षेत्रीले मन माझिदा भोली अगाडि बड्न सजिलो हुने भन्दै छलफललाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result