Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका र चीनबीच व्यापार सम्झौता

माघ २, २०७६ १:०७ मा प्रकाशित
अमेरिका र चीनबीच व्यापार सम्झौता

(200116) -- BEIJING, Jan. 16, 2020 (Xinhua) -- U.S. President Donald Trump and Chinese Vice Premier Liu He, who is also a member of the Political Bureau of the Communist Party of China Central Committee and chief of the Chinese side of the China-U.S. comprehensive economic dialogue, shake hands after signing the China-U.S. phase-one economic and trade agreement during a ceremony at the East Room of the White House in Washington D.C., the United States, Jan. 15, 2020. (Xinhua/Wang Ying)

Share on FacebookShare on Twitter

 वासिङ्टन, २ माघ  : अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको समाचार छ ।
उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला व्यापारिक घरानाका व्यक्तिहरुको सहभागीतामा दुवै देशका उच्च अधिकारीबीच गरिएको यो सम्झौतालाई कतिपयले व्यापार युद्ध कम गर्ने विषयको सम्झौता पनि भएको हो भनी बताएका छन् ।

 

सो व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ उपप्रधानमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक व्युरोका सदस्य समेत रहेका लिउले उक्त सन्देश सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पठाइएको जानकारी दिनुभएको थियो ।

 

उपप्रधानमन्त्री लिउ केही समयदेखि जारी रहेको चीन अमेरिका व्यापारक युद्धको समाधानका लागि यस विषयको वार्ता समितिका संयोजक समेत रहनुभएको छ ।

यी दुई देशकाबीचमा विगत लामो समयदेखि चलेको व्यापार युद्धका कारण विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर परेको पनि बताइएको थियो ।

 

उपप्रधानमन्त्री लिउको सन्देशपछि चिनियाँ राष्ट्रपति चिनफिङले यो सम्झौताले चीन, अमेरिका र समग्र विश्वलाई नै राम्रो हुने धारणा राख्नुभएको थियो ।

साथै राष्ट्रपति चिनफिङले यस सम्झौताले चीन र अमेरिकासँग आपसी सम्मान, समानता र विश्वासका साथ काम गर्ने क्षमता छ भन्ने कुरा स्पष्ट गरेको धारणा पनि सो सन्देशमार्फत राख्नुभएको थियो ।

सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग आगामी दिनमा अहिलेको भन्दा अझै राम्रो खालको सम्बन्धको विकास हुने धारणा राख्नुभएको थियो । राष्ट्रपति ट्रम्पले आफूहरुले विगतमा कुनै गल्ती गरेको भए पनि दुवै मिलेर एक आपसमा सच्याउने बताउनुभयो ।

 

उहाँले अमेरिका र चीन मिलेर निर्माण गर्ने आर्थिक न्याय र सुरक्षित भविष्यले यी दुई देशलाई मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने पनि बताउनुभयो ।

हालका लागि यो सम्झौता अति आवश्यक रहेको भन्दै यसले आगामी दिनमा विश्वमा थप शान्ति ल्याउने छ र त्यसका लागि हामीले कोसिस गर्नेछौँ– उहाँले भन्नुभयो ।

यो सम्झौताबाट सबैलाई लाभ हुने र यो सम्झौताबाट हरेक प्रकारले दुवै देशबीच सम्बन्ध सुधार हुनेमा पनि चीनका नेताहरुले विश्वास लिएका छन् ।

 

बुधबार ह्वाइट हाउसमा गरिएको सो सम्झौता बमोजिम चीनले अमेरिकी सामानहरुको आयातलाई अहिले भन्दा बढी हुन दिने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी अमेरिकाले पनि चीनका केही उत्पादनहरुमा लगाइएको अतिरिक्त शुल्कमा करिब ५० प्रतिशतसम्म घटाउनका लागि चीन सरकार तयार रहेको जानकारी गराएको छ ।

यसअघि गएको वर्षदेखि नै अमेरिकाले कैयौँ चिनियाँ उत्पादनहरुको आयातमा रोक नै लगाएको थियो । त्यसैगरी कतिपय अत्यावश्यकीय चिनियाँ वस्तुमा पनि चीनले भारी मात्रामा अतिरिक्त शुल्क लगाउने गरेको थियो ।

 

चीनको यो कार्यको कडा मात्रामा विरोध गरेको अमेरिकाले त्यसको बदलामा अमेरिकाबाट आयात गरिने वस्तुहरुमा पनि सोही प्रकारको निर्णय गरेको थियो ।

अब यो सम्झौता भएपछि भने यी दुई देशका व्यापारिक एवम् साझेदारी कानुन नियम बमोजिमका सामानहरुको आयात तथा निर्यातका क्रियाकलापहरु सहज हुने अपेक्षा गरिएको छ ।
(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result