अमेरिका, जनवरी १७ । पछिल्लो समय नेपाली राजनीतिमा पेचिलो बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका बारेमा काठमाडौंस्थित अमेरिकी दूतावासले थप प्रस्टाएको छ ।
दुतावसले शुक्रवार सामाजिक सञ्जाल मार्फत एमसीसी परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ ।
एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिकै अंग भएको, अमेरिकी सेनाले नेपालमा स्थायी अखडा जमाउन खोजेको भन्दै यस परियोजना स्वीकार गर्न नहुने मत सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उठेको छ । यस परियोजनाका बारेमा सर्वसाधरणमा पनि अन्यौल बढेको छ ।
तर शुक्रवार काठमाडौं स्थित अमेरिकी दूतावासले एमसीसीका बारेमा जान्नै पर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको हो । जसमा भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।’
प्रत्येक सरकार र नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा देखाएको समेत दुतावासले बताएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका बारेमा पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नु होस ।
http://hr.parliament.gov.np/uploads/attachments/ns1zpda2uw3x2odp.pdf?fbclid=IwAR0BW8-5_0i-KlPWQ16H7m9hyOUcSNTDWHVBirxnRNWz6K0DRlx4aql6stU
प्रतिक्रिया लेख्नुहोस्:-