काठमाडौं । सरकारले आवश्यक कानूनको व्यवस्था गरेर सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
आज दिउँसो सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी देशभरका बिभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।







प्रतिक्रिया लेख्नुहोस्:-