Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

भदौ २९, २०८२ ५:१९ मा प्रकाशित
सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Share on FacebookShare on Twitter

अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि जेन जी भनिने युवा पुस्ताले गरेको माग जायज भएको बताएको छ।

फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितद्वारा जारी विज्ञप्तिमा परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको युवा पुस्ताको मागप्रति फाउन्डेशनको ऐक्यबद्धता रहेको उल्लेख छ ।

“तर आन्दोलनको आवरणमा गरिएको घुसपैठले देशभरि भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं । लोकतन्त्रका लागि लडेका नेताहरु, नेपाली कांग्रेस, नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माथि गरिएको योजनाबद्ध हमलाको हामी निन्दा गर्द छौं। यस्ता घटनाले देशलाई प्रतिगमन र गहिरो संकटतर्फ धकेल्ने खतरातर्फ इंगित गर्दछन्। यस्तो बेला संयम, धैर्य र मेलमिलापको लागि हामी आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“संवैधानिक सर्वोच्चता, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत मान्यताहरुप्रति जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन सदैव प्रतिबद्ध छ। देशमा व्याप्त अनिश्चितता अन्त्य गरी सुशासन कायम गर्न र जनतामा विश्वास जगाउन सबै दलहरुको सहयोग र सहकार्य अनिवार्य छ। त्यसैले कसैप्रति पनि पूर्वाग्रह नराखी स्वतन्त्र र निस्पक्ष निर्वाचन गराउनु आजको आवश्यकता हो,” विज्ञप्तिमा भनिएको छ।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न र वर्तमान संकटको संवैधानिक निकासका लागि संवैधानिक अभिभावक र संरक्षकका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेको छ ।

“लामो राजनीतिक अस्थिरताले मुलुकलाई खोक्रो पार्छ, सार्वभौमसत्ता र स्वतन्त्र माथि नै जोखिम पैदा हुन्छ। त्यसैले सबै राष्ट्रिय शक्तिहरुसंग सहकार्य गरी, विदेशमा रहेका लाखौं नेपालीहरुका चासो र जायज मागलाई सम्बोधन गरी लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा अगाडी बढ्न हामी सबै पक्षलाई अपिल गर्दछौं,” डा पण्डितले भनेका छन्।

मुलुक इतिहासकै कठिन मोडमा पुगेको बेला अन्तरिम सरकारको प्रधानमंत्रीको रुपमा देशको नेतृत्व गर्न पुगेकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई बधाई दिंदै जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले आगामी ६ महिना भित्र (५ मार्च २०२६) मा हुन गैरहेको मध्यावधि निर्वाचन स्वतन्त्र र निस्पक्ष रुपमा सम्पन्न गर्न कार्की नेतृत्वको सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना पनि दिएको छ ।

फाउन्डेशनले नेपालमा जेन जी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result