अमेरिका ।
अमेरिकामा नयाँ वर्षको शूरुवातसँगै गोली काण्डका दुखद खवर प्राप्त हुन थालेका छन् । युटाह राज्यको साल्ट लेक सिटीमा शुक्रबार राती भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । गोली प्रहारबाटै उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।
राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो । सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने । उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिएका छन् । आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको उनको भनाइ छ ।







प्रतिक्रिया लेख्नुहोस्:-