काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीले अब राष्ट्रपति पदका लागि पहल सुरु गर्ने बताएका छन् ।
उनले आज पत्रकारहरुले प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले विगतको गठबन्धन टुटाएरै अहिलेको गठबन्धन बनेको भन्दै अब पनि गठबन्धन टुटाउने प्रयास जारी रहने बताए ।
“अब मिसन राष्ट्रपति सुरु हुन्छ । गठबन्धन टुटाउने प्रयास जसले पनि गर्छ,” भण्डारीले भने, “पहिलेको गठबन्धन टुटाएर अहिलेको गठबन्धन बनेको हो । अब पनि टुटाउने प्रयास हुन्छ ।”
प्रतिक्रिया लेख्नुहोस्:-