काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरु महँगा भएको बताएका छन् । उनले शुक्रबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निरीक्षण गर्दै सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारण नेपालीले स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने बताए ।
उनले त्यहीकारण सरकारी र सामुदायिकस्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व हुने बताए ।
स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान सरकारले विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उनको दाबी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-