अमेरिका । युएस नेपाल पोलिसी रिसर्च सेन्टरले डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि अपिल गरेकाे छ । सस्थाकाे तर्फबाट ८ जना द्वारा संयुक्त विज्ञप्तिमा जारी गर्दै केसीकाे माग पुरा गर्न समेत भनेका छन ।
विज्ञप्तीमा भनिएकाे छ, ‘डा. के सी को स्वास्थ्य अवस्था र सरकारको उदासिनता प्रति युएस नेपाल पोलिसी रिसर्च सेन्टर को गम्भिर ध्यानाकर्षण भएको छ ।’
नेपालमा स्वास्थ्य शिक्षा गुणस्तरीय र सुलभ बनाउनका लागि लामो समय देखि संघर्षरत डा. गोबिन्द के सी सँग ६ महिना अघि प्रधानमन्त्री स्वयंले गरेको संझौता अनुरुप नै संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित हुनु पर्ने माग राखी १६ औं अनसनमा छन ।
सेन्टरद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ “नेपाल सरकारले तत्काल वार्ता टोली गठन गरी डाक्टर केसी सँग संबाद स्थापित गरेर वहाँको जिवन रक्षार्थ अनसन तोडाउन यथासिघ्र पहलकदमी लिनु पर्ने माग गर्दछौं ।’
यस्तै विज्ञप्तीमा ‘सरकार आफैले गरेको सहमती अनुरुप आम नेपाली को चाहना अनुसार को चिकित्सा शिक्षा बिधेयक संसदबाट पारीत गराउन दुइतिहाइको बहुमत प्राप्त सरकारका लागि संसदीय पद्दती र छ महिना अघि डा के सी संग संझौता को आफ्नै हस्ताक्षर को गरिमा कायम राख्न पनि आग्रह गर्दछौं ।’ भनिएकाे छ ।
संसदीय पद्दतिमा दुइतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले सरकारले चाहे जस्तो बिधेयक पारित गरी कानून बनाउन सक्ने सबैले बुझेको सत्य भएको भन्दै जनस्वास्थ्य र शिक्षा जस्तो राज्यको मुख्य दायित्व भएको र जनचासो भएको विषयमा वर्तमान सरकार गैर जिम्मेवार बन्न नमिल्ने यथार्थ स्मरण गराउन चाहन्छौं भनिएकाे छ ।
युएस नेपाल पोलिसी रिसर्च सेन्टरका तर्फबाट
डा. आमोद पोख्रेल अध्यक्ष
डा. अर्जुन बन्जाडे कार्यकारी सचिव
डा. राजन पन्त, सदस्य
दीनबन्धु भट्ट, सदस्य
डा. देश राज संयोक, सदस्य
जगदम्बा अधिकारी, सदस्य
डा.कविता खरेल , सदस्य
तरुण पौडेल, प्रवक्ता







प्रतिक्रिया लेख्नुहोस्:-