काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।
यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।
नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप बिग बास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका छन् । उनी केही दिनमै नेपाल फर्किने बताइएको छ । उनले बुधबार जारी सिजनमा आफ्नो खेल टुंग्याएका छन् ।
यी हुन् नेपाली टिममा रहने खेलाडी
सन्दीप लामिछाने (कप्तान
कुशल भुर्तेल
आसिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शहाब आलम
कुशल मल्ल
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम
प्रतिक्रिया लेख्नुहोस्:-