Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संसद बैठक : काँग्रेस नेता गच्छेदारद्वारा वीपीराजमार्गकाे नाम केपी राख्न सरकारलाई चुनाैति 

माघ ७, २०७५ १:२९ मा प्रकाशित
संसद बैठक : काँग्रेस नेता गच्छेदारद्वारा वीपीराजमार्गकाे नाम केपी राख्न सरकारलाई चुनाैति 
Share on FacebookShare on Twitter

 

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एंव संसदीयदलका उपनेता विजय गच्छेदारले सरकार सँग हिम्मत भए वीपीराजमार्गकाे नाम परिवर्तन गरि केपीराजमार्ग राख्न चुनाैति दिएका छन् ।

प्रतिनिधि सभाकाे साेमवारकाे बैठकमा विषेश समय लिएर बाेल्दै नेता गच्छेदारले सरकारले प्रतिसाेधकाे भावनामा साँधेर  नेपाली काँग्रेसका नेताहरूकाे नाममा स्थापना गर्न लागिएकाे दुई अस्पताल खारेज गर्न लागिएकाे भन्दै आपत्ति जनाए । गच्छेदारले प्रधानमन्त्रीले संसदमा बाेलेकाे कुरा झुटाे भएकाे समेत आराेप लगाए ।

प्रतिनिधिसभाको साेमवारकाे बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले  गच्छेदारलाई बाेल्न दिएका थिए । सभामुखले दिएकाे समय भन्दा दाेब्वर बाेलेका गच्छदारले भने ‘दुई तीहाईकाे बलमा सरकारले जे पनि गरे हुन्छ भन्ने भएकाे छ, म चुनाैति दिन चाहान्छु वीपीराजमार्गकाे नाम केपीराजमार्ग गराउनुस ।’

उनले पहिलेकाे सरकारका निर्णय उल्टाउदै जाने हाे भने माओवादी सेनालाई नेपाली सेनाबाट फिर्ता गर्न चुनाैति दिए, ‘पुराना निर्णय उल्टाउने हाे भने, समायाेजन गरेका माओवादी सेनालाई फिर्ता गर्नुस ।’

गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल सङ्घीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकोमा आपत्ति जनाए ।

देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा के कारणले निर्णय हुन नसकेको हो भनी प्रश्न गर्दै उनले  सोबारेमा जानकारी दिन आग्रह गरे ।  “दोस्रो जनआन्दोलनको सफल नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र संविधान निर्माण गर्ने व्यक्तित्व सुशील कोइरालाको नाम जोडिएका अस्पताललाई थप संस्थागत गर्न सरकार लाग्नुपर्छ ।”

कांग्रेसले पार्टीका नेताद्धय गिरिजाप्रसाद र सुशील कोइरानाको नाममा खोलिएको अस्पताल बन्द गराउने खोजेको भन्दै लगातार विरोध गर्दै आएको छ । शुक्रबार संसदमा भएको प्रश्नउत्तरमा मिनेन्द्र रिजालले यो प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

गच्छेदारले प्रधानमन्त्रीले संसदमा झुटाे बाेलेकाे दावी गरे, ‘प्रधानमन्त्रीले संसदमा एउटा कुरा गर्ने सरकारले अर्काे निर्णय गर्न पाइन्छ ?’ भन्दै उनले प्रश्न गरे ।

स्वास्थ्य मन्त्रालयले १९ पुसमा ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, तनहुँको दुलेगौंडास्थिति जिपी स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई हटाएर अन्य ९ वटा अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गर्यो ।

 

गच्छ्दारले जीपी कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल संघको मातहत रहने निर्णय नआउन्जेलसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए ।

 

उनले सामाजिक अभियान्ता डाक्टर गाेविन्द केसीकाे जीवनमा खेलवाड नगर्न पनि सरकारलाई भनेका छन्, ‘डाक्टर गाेविन्द केसी अनसनमा छन्, उनीसँग भएकाे सम्झाैता पनि कार्यन्वयन भएकाे छैन, म केसीकाे जीवन रक्षाकाे माग गर्दछु, एउटा चिकित्सककाे ज्यान सँग खेलवाड नगरियाेस ।’

गच्छेदारले भनाई राखे पछि सभामुखले काँग्रेस सांसदलाई आसन ग्रहणका लागि पटक पटक अनुराेध गरेका थिए तर काँग्रेसका सांसद उभिएर बैठक अवराेध गरे पछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगन गरेका थिए ।

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण

सभामुख  महराले प्रमुख प्रतिपक्षी दल काँग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको साेमवारकाे  दोस्रो बैठक पनि शुरु हुनेबित्तिकै काँग्रेस  सांसदले पुनः अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको भन्दै  अवरुद्ध नगर्न पटक पटक आग्रह गरेका थिए । तर काँग्रेस सांसदले विराेध जारी राखे पछि  सभामुखले मंगलवार दिँउसाे   ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए ।

प्रतिनिधिसभाको साेमवारकाे बैठकमा  गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयककाे विराेध गर्दै डाक्टर गाेविन्द केसी अनसनमा छन् । सरकार केसीकाे अनसनलाइ वेवास्ता गर्दै विधेयक जस्ताकाे तस्तै पारित गर्ने तयारीमा छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result