Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः नेपालीको शरणार्थी आवेदन अत्यधिक अस्वीकृत, २०१९ मा ८७ नेपालीको असाइलम आवेदनमात्र स्वीकृत

माघ ७, २०७६ २:५४ मा प्रकाशित
अमेरिकाः नेपालीको शरणार्थी आवेदन अत्यधिक अस्वीकृत, २०१९ मा ८७ नेपालीको असाइलम आवेदनमात्र स्वीकृत
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल
अमेरिकामा नेपालीहरुले दिने शरणार्थी आवेदन अत्यधिक अस्वीकृत भएको छ । पछिल्ला तथ्याङ्कले पनि शरणार्थीको रुपमा अमेरिका बस्न चाहने नेपालीहरुको संख्यामा उल्लेख्य कमी नआएपनि स्वीकृत दर भने घट्दै गएको देखिएको छ । अमेरिकी अध्यागमन कार्यालयको तथ्याङ्क अनुसार सन २०१९ मा जम्मा ८७ नेपालीको शरणार्थी आवेदनमात्र स्वीकृत भएको देखिएकोे छ । यसको अर्थ नेपालीहरुले गर्ने असाइलम आवेदनमा अमेरिकी सरकारको विस्वास नहुनुपनि मान्न सकिन्छ वा कागजपत्रहरुमाथीको विस्वसनीयतालाईपनि लिन सकिन्छ । पछिल्लो एक दशकको तथ्याङ्कलेपनि यस्तै देखाउंछ । सन २००९ देखिको तथ्याङ्क हेर्ने हो भने पनि नेपालीको असाइलम आवेदनको स्वीकृतदर घट्दै गएको छ । सन २००९ मा चार सय ९४ जना नेपालीको शरणार्थी आवेदन स्वीकृत भएको थियो भने सन २०१० मा त्यो संख्या चार सय छ मात्र थियो । सन २०११ मा चार सय २१ जनाको आवेदन स्वीकृत भएको थियो भने सन २०१२ मा सबैभन्दा धेरै पांच सय ७३ जनाको आवेदन स्वीकृत भएको थियो । त्यसपछि भने लगातार घट्दै आएको छ । सन २०१८ मा जम्मा एक सय जना नेपालीको शरणार्थी आवेदन स्वीकृत भएको थियो । नेपालीको मात्र होइन सन २०१९ मा असाइलम अर्थात शरण आवेदन दिने अन्य मुलुकका आवेदकको पनि अस्वीकृतीको दर बढ्दै गएको तथ्याङ्कले देखाउंछ । तथ्याङ्क अनुसार ग्वाटेमालनहरुको असाइलमा स्विकृतदर १४, साल्भाडोरको १८, मेक्सिको ११ र होण्डुरसको १३ प्रतिशतमा झरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीद्धारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यागमन विश्लेषकहरुले असाइलम स्विकृती दर घट्दै जानुमा वर्तमान अमेरिकी सरकारको कठोर आप्रवासन नीतिको नतीजा भएको बताएका छन ।

 

 

अमेरीकी शरण कुर्दै ५१ हजार आप्रावासी मेक्सिकोमा, नेपालीहरुपनि सोही सिवीरमा हुन सक्ने आशंका
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले मेक्सिकोसंग जोडिएका सिमाहरुबाट अवैधानिकरुपमा आप्रावासीहरु अमेरिका आउने क्रम वढेपछि त्यसलाई नियन्त्रण गर्न अमेरिका बाहेकका अन्य देशमा शरण आवेदन दावी गरिएको नीति लागू गरेपछि १३ देशका झण्डै ५१ हजार शरणार्थी अमेरीकी शरणको पर्खाइमा रहेको माइगे्रसन प्रोटेक्सन प्रोटोकलले जनाएको छ । त्यसमा केही नेपाली समेत रहेको वताइएको छ । अमेरिकी अध्यागमन अधिकारीहरुले भने मेक्सिकोमा रहेका सवै आप्रावासीलाई राष्ट्रपती ट्राम्पको रिमाइन इन मेक्सिको नीति अन्तरगत एक शरणार्थी शिविरमा राखिएको बताएका छन । अधिकारीहरुले रिमाइन इन मेक्सिकोमा रहेका सबै आप्रवासीहरुले अमेरिकामा शरण आवेदन दिइसकेको र उनीहरु अध्यागमन अदालतको निर्णयको पर्खाइमा रहेको जनाएका छन । अदालतको सुनुवाइकोलागि आप्रवासीहरुलाई मेक्सिकोको सिमानावाट पांच घण्टाको दूरीमा रहेको इल पासो अध्यागमन अदालतसम्म बसमा ल्याउने पूनः मेक्सिकोको शिविरमै फर्काउने गरेको वताइएको छ । दुई महिनामा झण्डै ६ हजार आप्रवासीहरुले इल पासो अदालतमा उपश्थित भएर वयान दिइसकेको अध्यागमन अधिकारीहरुले वताएका छन । अध्यागमन अधिकारकर्मीहरुले भने आप्रवासीमाथिको त्यस्तो कठोर नीतिको आलोचना गर्दे मेक्सिकोको त्यस्तो शिविरमा राखिएका आप्रवासीहरुको ज्यान जोखिममा पारेको वताएको छ ।

तस्विर: पिए इमेज यूस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result