Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो– श्रीलङ्काली राष्ट्रपति

माघ ७, २०७६ १२:३० मा प्रकाशित
श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

Sri Lanka's president elect Gotabaya Rajapaksa waves to supporters as he leaves the election commission after the announcement of his victory in Colombo, Sri Lanka, Sunday, Nov.17, 2019. Rajapaksa, revered by Sri Lanka's ethnic majority for his role in ending a bloody civil war but feared by minorities for his brutal approach, declared victory Sunday in the nation's presidential election. (AP Photo/Eranga Jayawardena)

Share on FacebookShare on Twitter

कोलम्बो, ७ माघ  – श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताउनु भएको छ ।

गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिक रुपमा स्वीकार गरेको हो ।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका एकजना प्रतिनिधिसँगको भेटका क्रममा उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताउनु भएको हो । श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा राष्ट्रपति गोटाबायाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ ।

श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरसँग सोमबार भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराउनुभएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सो विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिक रुपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरुलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो ।

यस देशमा २७ वर्षसम्म जातीय पृथकतावादीहरु लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो । त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो ।

उक्त गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोेप छ ।

तर यहाँको उत्तर र पूर्वी भागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । उनीहरुले बेला बेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।

सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए । तर यो पछिल्लो भनाईपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ ।

श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो । त्यसपछि त्यहाँको २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो ।

त्यहाँको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ । बेपत्ता भएका भनिएका ती २३ हजार ५०० मा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ ।
(रासस/एएफपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result