पोखरा । सत्तारुढ नेकपाका प्रदेश सांसद दिपक मनाङ्गे (राजिव गुरुङ्ग) ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई कुटपिट गरेका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा अध्यक्षलाई गालामा झापड हानेको बताइएको छ । पोखरा महानगरपालिका स्थित लेखनाथको भण्डारढिक खेलमैदानमा मुख्यमन्त्री कप मंगलवार देखि शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गरेका थिए । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
प्रतियोगितामा नौ जिल्ला टिमले भाग लिएका छन् । मनाङ्गबाट आएको टिमको व्यवस्थापन राम्रो नभएको भन्दै सांसद गुरुङ्गले एन्फा कास्की नेतृत्वको गालामा तीन झापड हानेको बताइएको छ । आफ्नो जिल्लाको टिमलाई अभ्यास मैदान, बस्ने होटल र यातायातको उचित व्यवस्थापन नगरेको आरोप सांसद मनाङ्गेले लगाएका छन् ।
गुण्डाडनको रुपमा चिनिएका मनाङ्गे गत निर्वाचनमा स्वतन्त्र उमेदवारको रुपमा मनाङ्गबाट विजयी भएका थिए । पछि उनी नेकपा प्रवेस गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-