काठमाडौं । आफू प्रधानमन्त्रीमा नियुक्त भएको छ महिनापछि आज शेरबहादुर देउवाले पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने लागेका हुन् ।
उनले आफू प्रधानमन्त्री भएपछि हालसम्म गरेका कामबारे देशबासीलाई जानकारी दिने तथा कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गरेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी दिनेछन् ।
पाँच दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ ।
एमालेले निरन्तर संसद अवरोध जारी राखेका कारण सरकारले गर्न लागेका केही काम अगाडि बढेका छैनन् भने अमेरिकी सहयोग परियोजना ( एमसीसी ) को बारेका पनि सरकारमा सहभागी दलहरुबीच नै एकमत छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-