काठमाडौं । प्रतिनिधि सभाकाे मंगलवारकाे बैठकमा सतापक्ष र प्रमुख प्रतिपक्ष बीच ठेलामठेल भएकाे छ । साेही कारण दिनकाे दाेस्राे बैठक पनि अवरूद्द हुन पुग्याे ।
सत्तापक्षले जसरी पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्ने र विपक्षले राेक्ने क्रममा भए पछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
सभामुखले दिनकाे दाेस्राे बैठक शुरू घाेषणा गर्न नपाउदै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए। साेही क्रममा सभामुखले बैठक शुरू भएकाे घाेषणा गरे । उनले शिक्षामन्त्त्री गिरिजामणि पाेखरेलाइ विधेयक पेश गर्न अनुमति दिए । ‘
मन्त्री पाेखरेल नेकपाका प्रमुख सचेतक देव गुरूङकाे स्कटिङमा राेश्टम जाने प्रयासमा थिए । साेही क्रममा विपक्षी सांसदले राेक्दा ठेलामठेल हुन पुग्याे र सभामुखले १५ मिनेट बैठक स्थगन गरे ।
के के भयाे संसदमा याे पुरा भिडियाे हेर्नु हाेस ।
प्रतिक्रिया लेख्नुहोस्:-