Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्व आर्थिक मञ्चकाे ४९औँ वार्षिक बैठकमा प्रधानमन्त्री  ओली

माघ ८, २०७५ १:५२ मा प्रकाशित
विश्व आर्थिक मञ्चकाे ४९औँ वार्षिक बैठकमा प्रधानमन्त्री  ओली
Share on FacebookShare on Twitter

तीर्थप्रसाद भट्टराई

डाभोस (स्विट्जरल्याण्ड) ।  प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान प्रारम्भ भएको विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ ।

परम्परागत स्विस गीतसङ्गीतको प्रस्तुतिबाट शुरु भएको बैठकमा उपस्थित विश्वका विभिन्न मुलकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको स्विट्जरल्याण्डका राष्ट्रपतिले स्वागत गर्नुभएको थियो । स्वागतका क्रममा उहाँले सार्वजनिक–निजी साझेदारी र सहयोग प्रवद्र्धन गर्ने उक्त अन्तरराष्ट्रिय मञ्चलाई वर्तमान विश्वले बेहोर्नुपरेका प्राकृतिक र मानवसिर्जित विपत्तिका माझ समावेशी सामाजिक–आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन चुनौतीपूर्ण रहेको बताउनुभयो

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी मञ्चको पूर्णसत्र बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा हुनुहुन्छ । केहीबेरपछि उहाँले ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च सरकारी अधिकारी हुनुहुन्छ ।
आगामी शुक्रबार समापन हुने उक्त बैठकको मूल विषय ‘भूमण्डलीकरण ः ४.० चौथो औद्योगिक क्रान्तिको युगमा विश्वव्यापी संरचनाका रुपरेखा निर्माण’ रहेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग स्विट्जरल्याण्डका पूर्वराष्ट्रपति एलाइन बेरसेटले भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

उहाँहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय महासभाका बेला न्यूयोर्कमा भएको भेटवार्ताको स्मरण एवं समीक्षा भएको थियो । भेटमा प्रधानमन्त्रीपत्नी पनि सहभागी हुनुहुन्थ्यो ।

रासस

–––

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result