दूरबिन नेपाल । अमेरिका
आइसिइले गएको तीन महिनामा १६ गर्भवती महिलालाई पक्राउ गरि अध्यागमन हिरासत पठाएको इल पासो टाइम्सले जनाएको छ । पक्राउ परेका महिलाहरूले आफू गर्भवती रहेको जानकारी गराए पनि आइसिइले जबर्जस्ती हिरासत पठाएकोमा अध्यागमन अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन ।
यता इन्फोर्समेन्ट एण्ड रिमूभल अपरेशनका लागि आइसिई फिल्ड निर्देशक कोरी प्राइसले भने आइसिइको कानुन उल्लंघन गर्ने कसैलाई पनि छुट नभएको बताएका छन ।
उनले हिरासतमा परेका व्यक्तिहरू गर्भवती भएमा आइसिइले उनीहरूको स्वास्थ्यलाई विशेष मध्यनजर गरिने दावी गर्दे गर्भवती हुँदैमा कुनै पनि व्यक्तिलाई नछोडिने उल्लेख गरेका छन ।
आइसिइका अनुसार यसै वर्षको जनवरी १६ सम्ममा लगभग २ हजार १०० गर्भवतीहरूलाई अध्यागमन कानुन उल्लंघनको आरोपमा हिरासतमा पठाइसकेको छ । जुन राष्ट्रपति ट्रम्पको आगमन पश्चात ५२ प्रतिशतले वृद्धि भएको छ ।
इल पासो टाइम्सका अनुसार हिरासतमा पठाएका गर्भवती महिलाहरू मध्य सन २०१७ र २०१८ अवधिमा २८ जनाको हिरासतमा नै गर्भपतन भएको छ ।
एल पासो क्षेत्रका अध्यागमन वकिलहरूले भने यो विषय गम्भिर भएपनि यसलाई अहिलेसम्म ठुलो मुद्दाको रुपमा प्रवेश पाएको छैन ।
“गर्भवती महिलाहरूलाई देश भरमा बन्दी बनाइएको छ, तर यो मेरो अनुभवमा, एल पासो मा कहिल्यै मुद्दा भएको थिएन,” आप्रवासी वकिल टेलर लेवीले भने ” तर गर्भवती महिलाको स्वास्थ्यमा आइसिइलाई थप जिम्मेवार बनाउन यसलाई मुद्दाको रुपमा उठाइनुपर्छ ।”
आइसिइले भने अमेरिकी अध्यागमन नीतिले गर्भवती थुनामा राखेकोलाई कारबाहीबाट नदिने दावी गर्दे केही यू एस अध्यागमन कानून अन्तर्गत अनिवार्य हिरासतको अधीनमा हुन सक्छ, आईसीईले व्यक्तिगत हिरासतको निर्णय लिँदा गर्भावस्था सहित एक बन्दीको समग्र स्वास्थ्यलाई विचार गर्दछ, आईसीईको विज्ञप्तिमा भनिएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-