बद्रि गौतम, दूरबिन नेपाल
चीनमा कम्तीमा ६ जनाको ज्यान लिएको कोरोना भाइरस अमेरिकामा पनि पहिलो पटक देखिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडिसी) अर्थात रोग नियन्त्रण र रोकथाम केन्द्रले वशिंगटन राज्यको स्नोहोमिश काउन्टीका एक व्यक्तिमा सो भाइरस देखिएको पुष्टि गरेको छ । कोरोना भाइरस देखिएको सम्बन्धमा खोप तथा स्वासप्रश्वास रोगका लागि राष्ट्रिय निर्देशक नान्सी मेनीयरले मानिस बाट मानिसमा सर्ने यो भाइरसको बारेमा गम्भीर हुनुपर्ने बताएकी छिन । त्यसैगरि वशिंगटन राज्यका गभर्नर जे इन्सलेले अमेरिकामा अन्य व्यक्तिलाईपनि यो भाइरसको संक्रमण भएको हुन सक्ने आशंका भएकोले राज्यले गम्भिरतापुर्वक लिएको बताएका छन ।
त्यसै गरि कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिन गतहप्ता देखिनै न्युयोर्क, लस एन्जलस, सान फ्रान्सिस्कोका एअरपोर्टहरुमा स्वास्थ्य जांचको व्यवस्था गरिसकेको तथा अब एटलान्टा र सिकागोमापनि यो व्यवस्था गरिने सिडिसीले जनाएको छ । सिडिसीका अनुसार चीनबाट यात्रा गर्ने, बिशेषगरी चीनको वुहान क्षेत्र (जहांबाट कोरोना भाइरस फैलिन शुरु गरेको थियो) का उडानहरुलाई पनि परिवर्तन गरिएको छ ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरस पहिलो पटक चीनको वुहान शहरमा देखिएको थियो । यसले अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ भने थाइल्याण्ड, दक्षिण कोरिया र जापानमापनि यसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको बारे विश्व स्वाश्थ्य संगठनलेपनि विशेषज्ञहरुको विशेष बैठक गरी अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य संकटकाल लगाउन सक्ने जनाएको छ । कोरोना भाइरस चीनको समुद्री खानाबाट मानिसमा आएको अनुमान गरिएको छ ।
यो रोग मानिसबाट मानिसमा सर्ने एक स्वास प्रश्वास समस्या हो । यो भाइरसको संकक्रमण बढ्दै गएपछि निमोनियाको रुपपनि लिन सक्छ । जुन घातक हुन सक्छ । यसले मानिसको फोक्सोमा आक्रमण गर्ने हुंदा स्वासप्रश्वासमा समस्या पैदा गर्छ । विशेषगरी क्रोनिक फोक्सका बिरामीलाई छिट्टै आक्रमण गर्न सक्छ । यो भाइरसको अर्को खतरनाक पक्ष भनेको जनावरबाट मानिसमा सर्नुपनि हो । खोक्दा, हाछ्छिउं गर्दा वा संक्रमित व्यक्ति वा भाइरसको नजिक परेमा पनि सर्न सक्ने चिकित्सकहरु बताउंछन । कोरोना भाइरस इबोला, सार्स जस्तै खतरनाक मानिन्छ । किनकी सार्स र इबोलापनि जनावरबाट मानिसमा सर्न सक्ने भएकोले यो अझ खतरनाक मानिन्छ । कोरोना भाइरसको प्रभावकारी खोप अझै बनीसकेको छैन । यसबारे विभिन्न नौ अनुसन्धान चलिरहेको भएपनि औषधि अझै निश्चित छैन । यद्यपि चिसोबाट जोगिएर आराम गर्ने तथा धेरै तरल पदार्थ सेवन गरेमा कोरोना भाइरसको संक्रमणलाई कम गर्न सकिने चिकित्सकहरु बताउंछन ।
कस्ता लक्षणहरु हुन्छन त कोरोना भाइरसका ?
सिडिसीका अनुसार कोरोना भाइरसको संक्रमण भएपछि पहिला सामान्य ज्वरो आउने गर्दछ । दुइ दिनदेखि एक हप्ताको विचमा सुख्खा खोकीपनि लाग्न सक्छ । बिस्तारै सास फेर्न अप्ठेरो हुन सक्छ । पछि पेटमा गडवडी भइ पखालापनि लाग्न सक्छ । यहि लक्षण बढ्दै गएमा ज्वरो एक सय चार सम्मपनि आउन सक्ने चिकित्सकहरुले जनाएका छन । ज्वरोको मात्र बढेर निमोनिया भइ मिर्गौलाले काम गर्न छोडी मानिसको मृत्यु समेत हुन सक्ने सिडिसी अर्थात सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जनाएको छ ।
श्रोतः सिडिसीको प्रेस रिलिज
तस्विरः एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-