जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकी अध्यागमन विभागको देश निकालामा ९० जना नेपालीहरुपनि परेका छन । आइसीइले जारी गरेको प्रतिवेदनमा दुई बर्षको अवधिमा एक सय ९४ मुलुकका चार लाख ८२ हजार दुई सय चार जनालाई अमेरिकाबाट बाहिर पठाइएको जनाएको छ । ती मध्ये नेपालका ९० जना नागरिकहरुपनि रहेको आइसीइको प्रतिवेदनमा उल्लेख छ । देश निकाला गरिएकाहरुमा अधिकांश अध्यागमन अदालतवाट देश छोड्ने आदेश पाइसकेका तथा विभिन्न गम्भिर अपराधमा दोषी ठहर भएकाहरु रहेको आइसिइको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आइसिइको तथ्यांङक अनुसार देश निकालामा पर्नेमा सवै भन्दा धैरे मेक्सिकोका नागरिकहरु रहेका छन । सन २०१७ र १८ को विचमा २ लाख ६९ हजार ८ सय १० मेक्सिकन नागरिकलाई आइसीइले देश फिर्ता पठाएको छ । देश निकाला हुने एशियाली नागरिकहरुमा सबैभन्दा बढी चीनियाहरु रहेका छन । दुई वर्षमा १२ सय ५४ चिनियालाई उनीहरुको मुलुक फिर्ता पठाइएको छ । त्यसै गरी दुई वर्षमा १ हजार ७१ भारतीय नागरिकलाई समेत स्वदेश फिर्ता पठाएको छ छ । सन २०१७ को तुलनामा सन २०१८ मा २९ हजार ९ सय ६६ वढि विदेशी नागरिक देश निकालामा परेका छन । आलोचकहरुले भने ट्रम्प प्रशासनको आप्रवासीमाथिको कठोर नीतिका कारण देश निकालमा पर्नेहरुको संख्या वढ्दै गएको आरोप लगाएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-