काठमाडौँ । चिकित्सा क्षेत्रमा सुधारका लागि सत्याग्रह गर्दै आएका डाक्टर गाेविन्द केसीकाे जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष ७२ घण्टाकाे अल्टिमेटम दिएकाे छ । बिहिवार एक विज्ञप्ती सार्वजनीक गर्दै संघले १६ दिनदेखि आमरण अनसन गरिरहेका डाक्टर केसीको जीवन रक्षाको लागि ठोस पहल अन्तर्गत सरकारलाई एउटा वार्ता समिति गठन गर्न भनिएकाे छ ।
संघले आइतवार सम्म ठाेस पहल नगरे मुलुकभरका स्वास्थ्य संस्था ठप्प हुने खालको अवस्था आउन सक्ने चेतावनी समेत दिएको छ। बिहिवार भएकाे बृहत भेला पछि संघले यस्ताे विज्ञप्ती जारी गरेकाे हाे । संघले ७२ घण्टा भित्र केसीकाे जीवन रक्षाका लागि कुनै ठाेस कदम नचाले उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरूले आइतबार दिउँसो त्रिवि शिक्षण अस्पताल प्रांगणमा उपस्थित भएर आन्दोलनको बृहत् स्वरूप तय गर्ने जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-