जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकाले इरानमाथी थप प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्ध अन्तर्गत अब अमेरिकामा इरानीहरुले लगानी गर्न पाउने छैनन भने व्यापारिक प्रयोजनकालागि दिइने प्रवेशाज्ञापनि नदिने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात युइएससीआइएले इरानले आणविक र मिसाइल कार्यक्रमलाई नरोकेसम्म इरानसंगका सबै सम्बन्धहरु तोडिएको जनाइएको छ । यसै गरि इरानमाथी इ वान र इ टु भिसापनि प्रतिबन्ध लगाएको छ । लगानी भित्र्याउन पाउने तथा विशेषगरी व्यापारीहरुलाई दिइने भिसाहरुपनि रोक्का गरेको हो । इ वान र इ टु भिसामा हाल अमेरिकामा रहेका इरानीहरु समेत यसबाट प्रभावित हुन सक्ने देखिन्छ । उनीहरुको भिसा सकिएपछि आफ्नो देश फर्कन बाध्य हुनेछन । सन २०१५ मा बहुराष्ट्रसंग भएको आणविक सम्झौताबाट इरान पछि हट्ने जनाएपछि इरानमाथी कडाई गरिएको हो । इरानी जनरल कास्सेम सोलेमानीको अमेरिकाले हत्या गरेपपछि दुवै देशका विचमा तनाव चुलिएकोबेला पछिल्लो प्रतिबन्ध सार्वजनिक गरिएको हो ।
तस्विरःएजेन्सी







प्रतिक्रिया लेख्नुहोस्:-