दूरबिन नेपाल, न्युयोर्क
आप्रवासीहरुप्रति उदार मानिने अमेरिकाको न्युयोर्कमा अब अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउने कानुन पारित हुन लागेको छ । नगरपरिषदले सो विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै आएकाहरुले न्युयोर्कको नगर निर्वाचनमा भाग लिन पाउने छन ।
सिटि काउन्सीलमा ड्यानीयल रोड्रिग्वेजका अनुसार यस्तो कानुनले अमेरिकी प्रजातन्त्रलाई अझ मजबुत बनाउने बताए । रोड्रिग्वेजकै अग्रसरतामा यो कानुन नगरपरिषदमा पेश भएको हो । मतदाता हुनको लागि कम्तिमा ३० दिन काम गरेको प्रमाण सहित न्युयोर्क बसेको हुनुपर्नेछ ।
नेपालीहरुको पनि उल्लेख्य योगदान, अभियन्ता तथा सञ्चारकर्मी श्रेष्ठ
नगरपरिषदको यो बिलका पक्षधर तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मी शैलेश श्रेष्ठका अनुसार मतदान अधिकार सम्बन्धी अभियान धेरै पहिले देखि नै चलेको थियो । जनवरी २३ तारिख बिहिवार सो कानुनको पक्षमा दवावमुलक कार्यक्रमको आयोजना गरिएको थियो । आवर सिटी आवर भोट अर्थात हाम्रो शहर हाम्रो भोट अभियान अन्तर्गत सो कानुनको पक्षमा विहिवार भएको प्रदर्शनमा नेपाली लगायत अन्य समुदायको बाक्लो उपश्थिती थियो । दवावमुलक कार्यक्रममा सञ्चारकर्मी श्रेष्ठले मताधिकारको यो कानुन पारित हुनुपर्नेमा जोड दिंदै, नेपाली भाषीहरुको संख्या बढ्दो भएको तर मतदानको अधिकार पाउने जम्मा पाँच प्रतिशतमात्र रहेको बताए । यो कानुनले ५० हजार नेपाली भाषीहरु लाभान्वित हुने श्रेष्ठको भनाइ थियो । यो अभियानमा न्युयोर्कका विभिन्न सामाजिक संघ संस्थाहरुको साथ र सहयोग रहंदै आएको छ । त्यसमा नेपाली संस्थाहरुमा अधिकार, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र युनाइटेड शेर्पा एशोसियसन सहभागी छन ।
प्रतिक्रिया लेख्नुहोस्:-