काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीहरुलाई संघीयताविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । उनले मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘संघीयता खारेज गर्नुपर्यो भन्ने कुरा मन्त्रीले उठायो र सांसद्ले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ । मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन मिल्दैनु प्रधानमन्त्री दाहालले भने,’सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा स्पष्टीकरणको विषय हुन्छ ।’
उनले संघीयता कार्यान्वयन हुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-