काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले सकेसम्म अहिलेको सरकारलाई ढाल्न कोशिस गर्ने बताएका छन् ।
नेता कोइरालाले बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस सम्बन्धमा च्याप्टर क्लोज भएको बताए । ‘कांग्रेस अब प्रमुख विपक्षी हो र वेटिङ गर्भमेन्ट पनि हो,’ उनले भने ।
पहिले पनि कांग्रेसले साढे तीन वर्षसम्म विपक्षीको भूमिका निर्वाह गरेको भन्दै उनले अब सदनमा आफूहरु प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने पनि बताए । भने, ‘हामी प्रतिपक्षको भूमिका गर्छौं सरकार ढाल्न पनि लागि पर्छौँ ।’
भर्खरै काठमाडौँमा आफूहरुले वैचारिक समूहको बैठक राख्दा त्यहाँ पनि विश्वासको मतको विषयका छलफल भएको सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-