काठमाडौं । सरकारकाे रवैया विरूद्दमा नेपाली काँग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।
काँग्रेसले पूर्वप्रधानमन्त्री तथा पार्टी सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल सरकारले विघटन गर्न खोजेको, आफ्नो विरोधकाबीच जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको बिराेधमा प्रदर्शन गर्ने भएकाे हाे ।
प्रवक्ता विश्वप्रकाश शर्मालेका अनुसार पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय भएकाे छ । यस्तै बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै काँग्रेसले प्रधानमन्त्री केपी ओली पछिल्लाे अभिव्यक्तिलाइ गैरजिम्मेवार भनेकाे छ । स्वीट्जरल्याण्डबाट फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीले लाेकतन्त्रमा केही व्यक्तिकाे असन्तुष्टि हुनु स्वाभाविक भएकाे भनेका थिए ।
रासस फाइल फाेटाे








प्रतिक्रिया लेख्नुहोस्:-