दूरबिन संवाददाता
अमेरिका ।
अलाबामाको टेनीसिमा नदिमा रहेको डुङ्गामा सोमवार बिहान आगलागी हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । अरु ८ जना हराइ रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
स्कट्सबरो फायर चिफ जीन नेक्लियसका अनुसार एउटा डुङ्गामा लागेको आगोको झिल्को अर्को डुङ्गामा सल्किँदै जादा धेरै क्षति भएको छ ।
त्यहाँ धेरै मानिसहरू पानीबाट पौडिएर जोगिए । “ जैक्सन काउन्टीका प्रमुख शेरिफका डिप्टी रकी हार्नले एसोसिएटेड प्रेसलाई भने– “ जो पानीमा डुबे हामी पीडितहरूको खोजीको लागि गोताखोरहरू ल्याउने प्रयासमा छौँ ।”
अहिलेसम्म मृत्यु हुनेको संख्या यकिन छैन । कतिपय गम्भिर घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
ज्याक्सन काउन्टीको आपतकालीन व्यवस्थापन एजेन्सीले ट्विट गर्दे स्थानीयलाई त्यस क्षेत्रवाट टाढा रहन आग्रह गरेका छ ।
आगलागीको तत्काल कारण थाहा नभएपनि अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । आगलागीको कारण ३५ डुङ्गाहरू नष्ट भएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-