दूरबिन नेपाल, अमेरिका
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कतिपय
आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने राष्ट्रपति ट्रम्पको विवादास्पद नीति लागु गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतको बहुमतले तल्लो अदालतको आदेश उल्ट्याइदिएको हो । सर्वोच्च अदालतमा भएको मतदानमा तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए । सो नीतिबमोजिम यदि भविष्यमा सरकारी सहायता आवश्यक पर्ने सम्भावना देखिए प्रशासनले स्थायी बसोबासका निवेदकलाई अयोग्य ठहर्याउन सक्छ । गत अक्टोबरमा तल्लो अदालतले ट्रम्पको सो नीति ’अमेरिकी सपनाको आदेश विपरीत’ भएको ठहर गरेको थियो । आलोचकहरूले सो नीतिबाट अश्वेत आप्रवासीहरू पीडित हुने दावी गरेका छन । विदेशी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै आएका ट्रम्प प्रशासनले गत साता मात्रै अमेरिकाको विदेश मन्त्रालयले ’जन्म पर्यटन’लाई रोक्ने नीति अवलम्बन गरेको थियो । जस अनुसार विदेशी गर्भवती महिलाहरू बच्चा जन्माउनैका लागि अमेरिका जान खोजेको पाइए उनीहरूलाई प्रवेशाज्ञा (भिसा) नदिन निर्देशन दिएको थियो । त्यसैगरी शरणार्थीको सवालमापनि अमेरिकाले आफ्नो दक्षिणी सीमामा आइपुग्ने मानिसले आफूले यात्रा गरेका देशमा शरण नपाएको अवस्थामा अमेरिकामा शरण खोज्न नपाउने नीति अघि सारेको थियो । त्यो नीतिविरुद्ध मुद्दाहरू पर्ने गरेको भए पनि अमेरिकी सर्वोच्च अदालतको पछिल्लो आदेशले ट्रम्प प्रशासनलाई बल दिइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-