काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्।
सर्वोच्चले शुक्रबार गरेको फैसलाबमोजिम लामिछानेको वैधानिक नागरिकता नभएकाले चुनाव जिते पनि सांसद पद खारेज भएको छ। पद खारेजीमा परेपछि लामिछानेले शुक्रबारै प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए।
शनिबार राष्ट्रपतिको कार्यालयले गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-