जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात यूएसिआइएसले विगतका वर्षहरुमा भन्दा सन २०१९ मा ग्रिनकार्ड आवेदन अस्विकृत दर बृद्धि भएको जनाएको छ । यूएसिआइएसले जारी गरेको सन २०१९ को जूलाई देखि सेप्टेम्वरसम्मको तथ्याङ्क अनुसार पारिवारिक सम्बन्धका आधारमा प्राप्त हुने ग्रिनकार्ड आवेदनको दर ११ दशमलव ३ प्रतिशतले बढेको छ । पारिवारिक सम्बन्ध बाहेक रोजगार, र देशको अवस्था अनुरुप मानवीय आधारमा प्रदान गरिने ग्रिनकार्डको आवेदन अस्वीकृत दर समेत विगतमा भन्दा यसवर्ष बढेर गएको छ । यूएसिआइएसका अनुसार सन २०१९ को तीन महिनाको अवधिमा पारिवारिक सम्बन्धको आधारमा प्राप्त हुने १५ हजार ७ सय ७४ ग्रिनकार्ड आवेदन अस्वीकृत भएको छ । जुन सन २०१८ को तुलनामा १५ दशमलव ३ प्रतीशतले वृद्धि हो । त्यस्तै तीन महिना कै अवधिमा रोजगारमा आधारित ग्रिनकार्डमा समेत २ हजार ९ सय ५९ आवेदन अस्वीकृत गरिएको छ । सन २०१९ मा मानविय आधारमा प्रदान गरिने ग्रिनकार्ड आवेदनको अस्वीकृत दर समेत ७ दशमलव ३ प्रतिशतले बढेको छ । सो वर्ष १९ हजार ४ सय ११ ग्रिनकार्ड आवेदन प्रमाणित गरेको छ भने १६ सय ६३ आवेदन अस्विकृत गरिएको छ । सन २०१९ मा यूएसिआइएसले झण्डै ५ लाख ७७ हजार ग्रिनकार्डको आवेदन अनुमोदन गरेको जनाएको छ । जसमा पारिवारिक सम्बन्धका आधारमा दिइने ग्रिनकार्डको स.ख्या अत्यधिक रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-