फोलोरिडाको मियामीमा रहेको अध्यागमन हिरासतमा थप एक आप्रवासीको मृत्यु भएको छ । नाम नखुलाइएका ६३ वर्षीय क्यूवाली नागरिकको मियामीको लार्कीन सामूदायिक अस्पतामा उपचारको क्रममा सोमवार मृत्यू भएको हो । उनी मुटुरोगको विरामी रहेको आइसिइले वताएको छ । यो सॅगै पछिल्लो चार महिना यता आइसिइ हिरासतमा मृत्यू हुने आप्रावासिको संख्या ६ पुगेको छ ।
आइसिइ अधिकारिहरुका अनुसार उनी लागुऔषध कारोवारी तथा सांघातीक आक्रमण र विभिन्न अपराधको आरोपमा गत जनावरी १४ मा पक्राउ परेका थिए । अध्यागमन अदालतवाट समेत देश निकालाको आदेश पाइसकेका उनलाई आइसिइ अधिकारिहरु देश क्यूवा फिर्ता पठाउने तरखरमा थिए ।
फोल्लोरिडामा आइसिइ हिरासतमा गत शनिवार मात्र एक व्रिटीस नागरिकको समेत मृत्यू भएको थियो । आइसिइ अधिकारिहरुका अनुसार ३९ वर्षीय वेन जेम्स हिरासतमा नै मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यू सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
सन् २०१९ को जनावरि देखि अक्टोवरसम्म मात्र आइसिइ हिरासतमा ८ जनाको मृत्यू भइसेकेको छ ।
आईसीईका प्रवक्ता ब्रायन कोक्सले भने आइसिइको हिरासतमा भएको मृत्यूलाई दुलर्भ घटनाकोरुपमा व्याख्या गरेका छन ।
आइसिइ हिरासतमा पक्राउ परेका आप्रावासिहरुको मृत्यूसॅगै अध्यागमन अधिकारकर्मीहरुले आइसिइको कडा आलोचना गरेका छन । अधिकारकर्मीहरुले आप्रावासिहरुलाई राखिने कतिपय हिरासत मानविय व्यवहार नभएको र न्यूनतम मापदण्ड समेत पूरा नगरेकोले त्यस्तो हिरासतलाई तत्काल वन्द गर्न आग्रह गरेका छन ।
गत वर्ष को जुलाइमा मात्र होमल्याण्ड सेक्युरिटीका प्रमुख निरिक्षकले आकस्मिकरुपमा आइसिइका हिरासतहरुको अवलोकन भ्रमणका क्रममा म्याद समाप्त भएका खानाहरु फेला परेको थियो । त्यस्तै हिरासतका शैचालयहरुको अवस्था नाजुक रहेको र वन्दीहरुलाई राखिएको हिरासतको भित्ताहरुमा खिया लागेको प्रतिवेदन सार्वजनिक गर्दे त्यसलाई तत्काल सुधार्न निर्देशन दिएको थियो ।
प्रतिवेदनमा उनले आइसिइको हिरासतमा राखिएका वन्दी आप्रावासिहरु अपराधिक क्रियाकलापमा संलग्न र अपराधी पनि नभएको वताउदै उनीहरुलाई मानविय व्यवहार गर्न निर्देशन दिएका थिए ।
आइसिइले भने प्रतिवेदमा उल्लेख गरिएको सवै समस्याहरुको समाधान भइसकेको वताएका छन ।
तस्वीर : रोयटर्स
प्रतिक्रिया लेख्नुहोस्:-