दूरबिन नेपाल, टेक्सस
आइसीइले गैर कानुनीरुपमा अवैधानीक आप्रावासीलाई रोजगार प्रदान गरेको आरोपमा टेक्सस राज्यको एक निर्माण कम्पनीलाई दोषी ठहर गर्दे ३ मिलियन डलर जरिवानाको घोषणा गरेको छ । आइसीइका अनुसार स्प्रिड फे्रड केड निर्माण कम्पनीले पटक–पटक अवैधानिक आप्रवासीलाई अस्थायी रुपमा रोजगार प्रदान गरेको र कम्पनीले कामदारहरुको पूर्ण विवरण उपलब्ध नगराएको आरोपमा सञ्चालक समीतिका रोनाल्ड एलन ह्यान र डेभिड लियोन तथा सिएफओ रावर्ट एल्भिन जेम्सलाई दोषी ठहर गर्दे सो सजायँ सुनाएको हो । कम्पनीले कम्तिमा ४३ अवैधानीक विदेशी कामदारलाई रोजगार दिएको आइसीइले जनाएको छ । आइसीइले जरिवानको सो रकम आप्रावासीहरुलाई कानुन निर्माण देखि कानुन पालना गराउने क्रियाकलापमा खर्च गर्ने बताउदै यसवाट अन्य कम्पनीले पनि पाठ सिक्ने बताएको छ ।
तस्विरः आइसीइ
प्रतिक्रिया लेख्नुहोस्:-