काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रवि लामिछानेले आज पनि भेटवार्ता गरेका छन् । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटार भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले लामिछानेलाई पार्टीबाट गृहमन्त्री बनाउने विषयमा के–कति प्रगति भइरहेको छ भनेर जिज्ञासा राखेका थिए । लामिछानेको मुद्दा किनारा लागिनसकेको र सर्वोच्च अदालतले उनको नागरिकतालाई लिएर प्रतिनिधिसभा सदस्य खारेज हुने भनेर गरेको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री बनाउने सम्भावना नरहेको भनेर प्रधानमन्त्री दाहालले बताएको बालुवाटार स्रोतले जानकारी दियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले राख्न खोजेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-