काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीले १६ औं पटकको अनशन २४ औं दिनमा स्थगित गरेका छन् । यद्यपी उनले सत्याग्रह भने जारी नै राख्ने जनाएका छन् ।
केसीले शुक्रवार साँझ अनसन स्थलमा नै पत्रकार सम्मेलन गर्दै सात बजे बाट अनशन स्थगित गरेकाे जानकारी दिएका हुन । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन स्थगित गरेकाे जनाएका छन् ।
माथेमा कार्यदलका सदस्यहरूले डा.केसीलाई भेटेर सत्याग्रहको २४ औं दिनमा पुग्दा उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सत्याग्रहको कार्यक्रमलाई पुनर्विचार गर्न आग्रह गरेका थिए।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिए केसीले शनसन स्थगन गरेका हुन् । डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।
उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले भनेका छन्, ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।’
फाइल फाेटाे







प्रतिक्रिया लेख्नुहोस्:-