Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्ततः इयुबाट बाहिरीने पहिलो मुलुक बन्यो बेलायत

माघ १८, २०७६ ४:२८ मा प्रकाशित
अन्ततः इयुबाट बाहिरीने पहिलो मुलुक बन्यो बेलायत
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
समाचार टिप्पणी
युरोपेली महाशक्ति बेलायतले शुक्रबार राती ११ बजेदेखि युरोपेली राष्ट्रहरुको संगठन इयुबाट अलग रहने निर्णय औपचारिक रुपमै गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत युरोपेली युनियनबाट बाहिरीएको घोषणा गर्नु एकघण्टा अघि बेलायतीहरुलाई सम्बोधन गरी आफ्नो बाचा पुरागरेको बताएका थिए । इयुबाट कुनै मुलुक बाहिरीएको यो पहिलो पटक हो । तर चिन्ता भने अन्य मुलुकहरुपनि बाहिरीने क्रम बढ्ने र यसले इयुको भविष्यका साथै समग्र युरोपको एकतामा असर पर्ने देखिएको छ । ४७ सालपछि बेलायत युरोपेली युनियनबाट बाहिरीने निर्णय गरेपछि प्रधानमन्त्री बोरिस जोन्सनको राजनीतिक जित भएको छ । यद्यपि ब्रेक्जीटले बेलायतको भविष्यपनि कता मोडिन्छ भन्न सकिंदैन । कतिपय आलोचकहरुले बेलायतीको अति राष्ट्रवादको परिणाम बे्रक्जीटलाइ मानेका छन । बेलायत १९७३ जनवरी १ देखि इयुरोपेली युनियनमा आवद्ध भएको थियो । जुन समय विश्व सोभियत गुट र अमेरिकी गुटमा विभाजित बनी शित युद्धको चरम अवस्थामा थियो । बेलायती संसद र युरोपेली संसदले ब्रेक्जीट सम्झौतालाई अनुमोदन गरेपछि बेलायतलाई बाहिरीने औपचारिक बाटो खुलेको थियो । सन २०१६ जुनमा बेलायती जनताले इयुबाट बाहिरीने पक्षमा मतदान गरेका थिए । त्यसको एक हजार तीन सय ८८ दिनपछि बेलायतले औपचारिक रुपमा इयुबाट बाहिरीने स्वीकृति पाएको हो ।
त्यसैगरि इयुको मुख्यालयबाट बेलायतको झण्डापनि निकालिएको छ । अब बेलायतले युरोपेली राष्ट्रहरुसंग बेग्लै सम्झौता गर्नेछ । भने इयुको नियमबाट बांधिने छैन । यसलाई धेरै बेलायतीहरुले स्वतन्त्रताको दिनको रुपमा पनि लिएका छन । तर अब बेलायतले युरोपेली मुलकहरुसंग द्धिपक्षीय तथा बहुपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ जुन त्यति सजिलो छैन । यद्यपि बेलायतले एसीयाली तथा अमेरिकी मुलुकहरुसंग छुट्ट्रै सम्झौता गर्न सक्नेछ ।
इयुमा रहंदा बेलायतले अमेरिका तथा अन्य मुलुकसंगको आफ्नो सम्बन्धलाई मौलिक रुपमा अघि बढाउन नपाएको गुनासो धेरैको थियो । दोस्रो विश्व युद्धअघि महाशक्ति राष्ट्र बेलायत पछिल्लो समय इयु तथा अमेरिकाको इशारामा चलेको आरोप लागि रहेको थियो । अधिकांश बेलायतीहरु अझै बेलायत नै सर्वशक्तिमान हुन सक्ने विस्वास गर्छन । बेलायतमा हावी हुंदै गएको अति राष्ट्रवादका कारण इयुबाट बेलायत बाहिरीएको यसले समग्र युरोप तथा विश्वको शान्तिमा असर पर्न सक्ने आशंकापनि गरिएको छ । बेलायतको इयुबाट बहिर्गमनसंगै युुरोप शित युद्धकालिन अवस्थामै फर्किएको कतिपयले विश्लेषण गरेका छन । इयुमा रहंदा फ्रान्स तथा जर्मनी जस्ता चरम प्रतिद्धन्दीसंगपनि मित्रवत व्यवहारमा रहेको बेलायत अब प्रतिष्पर्धामा उत्रंदा समग्र विश्व शान्तिमा असर पर्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ । युरोपमा बढ्दै गएको आप्रवासी समस्या, बेरोजगारी तथा तनावको व्यवस्थापनमा बेलायको बहिर्गमनले थप चुनौती थपेको विष्लेशण गरिएको छ ।
ऐजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result