काठमाडौं। नेपालको भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले नेपाली श्रमिकलाई आफ्नो देशको श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेका श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। अहिले २ लाख ८५ हजार ७६८ जना नेपालीहरू मलेसियामा कार्यरत छन्।
जसमध्ये उत्पादनमूलक क्षेत्रमा १ लाख ८५ हजार कार्यरत रहेको र बाँकी ७० हजार जना नेपाली सुरक्षा गार्डका सुरुमा काम गरिरहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-