Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भेनेजुएला प्रकरण : के भन्छन अमेरिकामा रहेका नेपाली अगुवा

माघ २१, २०७५ १०:२१ मा प्रकाशित
भेनेजुएला प्रकरण : के भन्छन अमेरिकामा रहेका नेपाली अगुवा
Share on FacebookShare on Twitter

भेनेजुएलामा विकसित राजनैतिक घटना क्रमबारे सत्तारूढ़ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्री पुष्पकमल दाहालद्वारा जारी विज्ञप्ति, त्यस पछि विकसित नेपाल अमेरिका सम्वन्ध बारे तपाईको के प्रतिक्रिया छ ? भनेर हामीले अमेरिकामा रहेका नेपाली समाजका अगुवाहरूलाई सोधेका थियौ । प्रस्तुत छ उनीहरूको भनाई जस्ताको त्यस्तै । 

 

आन्नद विष्ट, अध्यक्ष नेपाली जनसम्पर्क समिति अमेरिका एवं आमन्त्रित सदस्य, नेपाली काँग्रेस 

प्रचण्डको विज्ञप्ति केटौले विज्ञप्ति हो । प्रधानमन्त्री बनिसकेको र पार्टीको नेतृत्व गरेको तहबाट सुझबुझपूर्ण व्यवहार हुनुपर्छ । राजनीतिक रुपमा भाषादेखि कुटनीतिक मर्यादाको समेत ख्याल गर्नुपर्ने हो । तर दुई तिहाइको दम्भ देखाए जसरी विज्ञप्ति आयो भेनेजुयलाका सम्बन्धमा त्यो अत्यन्त अपरिपक्व छ । भेनेजुयलासंग नेपालको कुन तहको सम्बन्ध हो र अमेरिकासंग कुन तहको सम्बन्ध हो भन्ने समेत नबुझी अमेरिकालाई गाली गर्ने भाषा प्रयोग गरेर जुन विज्ञप्ति कम्युनिष्ट अध्यक्षले निकाले र जसलाई घुमाउरो शैलीले सत्तारुढ दलले अनुमोदन गर्यो, त्यो कुटनीतिक क्षेत्रमा अत्यन्त निकृष्ट र लज्जास्पद छ । अमेरिका नेपालको विकासको एक मूख्य सहयोगी राष्ट्र हो र अमेरिकामा लाखौँ नेपाली बसेर काम गरिरहेका छन् भन्ने तथ्यलाई समेत प्रचण्डले आत्मसाथ गर्न सकेको देखिएन । आखिर कम्युनिष्ट भनेको नै यस्तै हुन् भन्ने पुष्टी गरे ।

प्रचण्डको विज्ञप्ति पछि जे जति घटनाक्रम विकसित भएको छ त्यसले अन्तत: नेपाललाई फाइदा गर्दैन भन्ने नै देखिएको छ । एउटा लहडी नेताको कारण मुलुकलाई समेत कुटनीतिक रुपमा कम्जोर बनाएको छ भन्ने मलाई लाग्छ ।

 

बिष्णु सुवेदी, पूर्व संयोजक, नेपाली जनसम्पर्क समिति अमेरिका 

हाल सम्म नेपाल संग कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुएलाको आन्तरिक राजनीतिक घटनाक्रममा सत्तारूढ कम्युनिस्ट पार्टीका अध्यक्ष  र कम्युनिस्ट सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय हित र राष्ट्रको स्वार्थविपरीत छ। कुटनितिक मर्यादा विपरीत यस्ता संवेदनशील विषयमा अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासीन हुनु राष्ट्रका लागी दुर्भाग्य हो । सरकारको अपरिपक्वताले गर्दा  नेपालको आर्थिक विकास र संघिय लोकतन्त्र संस्थागतका लागी दीर्घ कालिन रूपमा ठूलो असर पर्ने छ । 

नेपालको विकासका लागि झन्डै ६५ वर्षभन्दा लामो समयदेखि आज सम्म आर्थिक सहयोग पुर्‍याउँदै आएको एक पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पुर्‍याइरहेको तपाई हामी लाई अवगत नै छ ।

सन्जय थापा, पूर्व अध्यक्ष,प्रवासी मन्च अमेरिका 

कुटनीतिक विषयमा दलीय वक्तव्य भन्दा राष्ट्रको धारणा महत्व राख्छ र भेनेजुयलाको सम्वन्धमा पनि नेपाल सरकारले आफ्नो धारणा राखिसकेको छ l हरेक राष्ट्र आफ्नो मान्यता राख्न स्वतन्त्र छ , त्यो स्वतन्त्रताको सम्मान गर्नु पर्छ । 

 

प्रभु थापा, अध्यक्ष, प्रवासी मन्च, अमेरिका 

सर्वप्रथम सम्पर्कको लागि धन्यवाद  ! हामि मात्रिभूमि नेपाल र कर्मभूमि अमेरिकालाई उत्तिकै सम्मान गर्दछौ ।देश सानो होस वा ठूलो ,विकसित होस वा अविकसित र जुनसुकै विचार र सिद्दान्तको सरकार होस सबैले समान हिसावमा उसको सार्वभौमसत्ता, स्वतन्रता र भौगोलिक अखण्डतालाई आदर र सम्मान गर्नुपर्दछ । 

प्रश्न भेनेजुएलाको मात्र होईन सन्सारका कुनै पनि देशको राष्ट्रियता र आन्तरिक मामिलामा वाह्रा हस्तक्षेप हुनुहुदैन र कुनै पनि देशमा कुनै समस्य देखा परे वा उत्पन्न भए त्यसको समाधन सोही देशका जनताले गर्नुपर्दछ ।जहॉसम्म नेपालका सत्तारूढ़ पार्टीका अध्यक्षको विज्ञाप्तिको कुरा छ यो विषयमा हामिले केहि भन्नु भन्दा पनि यो विज्ञाप्ति नेपालको   संविधान, परराष्ट्रनीति र सम्वन्धीत पार्टीको बैदेशिक निति अनुसार छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।

वेद खरेल, संगठन विभाग प्रमुख, नेपाली जनसम्पर्क समिति अमेरिका 

कम्युनिष्टको सक्कली अनुहार प्रचण्डले देखाएका छन् । ओलीले सघै झै लोलो पोतो गर्ने काम गरेका छन् । एउटै पार्टीका दुइ अघ्यक्षको फरक फरक धारणा र बिज्ञप्ती आउनु हास्यास्पद हो र प्रचण्डको बिज्ञप्ति उनको ब्यक्तिगत भनिनुले पार्टीमा उनको हैसियत देखिएको छ । 

प्रचण्ड ओलीको बिज्ञप्ती पछि अमेरिका लगायतका नेपालका सहयोगी मुलुकले पनि यिनीहरूको सक्कली अनुहार र यिनीहरूको कथनी र करनीमा फकर छ भन्ने बुझ्न पाएका छन् । कम्युनिष्टहरूको कारणले अमेरिका लगायतका सहयोगी देश हरूले नेपाल लाई  दिएको सहयोग , सहायतामा असर पर्ने देखिन्छ । कम्युनिष्ट सरकारले समयमै चेतेर आफु सुघ्रिनु ज़रूरी छ 

 

तारा निरौला, शिक्षाविद, न्युयोर्क 

अहिलेको परिस्थितिमा सत्तारूढ़ दलको नेताको हिसावले त्यस्तो प्रकारको ब्यक्तव्य दिनु कुटनीतिक रूपले उपलब्धी मुलक होईन। यस्ता भनाईमा नेपालको जीत छैन।

पार्टी र सरकार दुबैलाई घाटा हुन्छ। अमेरिकी सरकारले बक्तब्यको बारे प्रश्न उठाउदा मात्रै पनि नेपालको पक्षमा भएन। भेनेजुएलाको बारेमा वक्तव्य दिएर नेपालको फाइदा हुने पनि होईन। चीनको नेपालमा बढ्दो प्रभावले गर्दा अमेरिका पनि भारत सङ्गै यश विषयमा सचेत छ। जे होस एक जिम्मेवार नेताले यस्तो बिबादास्पद ब्यक्तब्य दिनु  गलत हो।

सुदिप पन्त, अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ 

प्रचण्ड एउटा पार्टी बिशेषको अध्यक्ष  मात्र होइनन पूर्व प्रधानमन्त्री  पनि हुन ।  उनले प्रेषित गरेको बकतब्यले एउटा अर्थ राख्ने भएकोले भेनेजुएलाको राजनैतिक बिबादमा बोल्नु नेपाल जस्तो सानो मुलुकको लागि अत्यन्त बेफाईदा हुन्छ । 

अमेरिका र उसको सहयोगी मुलुकहरुबाट प्राप्त भैरहेको अरबौ रुपैयाका सहयोगबाट नेपालले फाईदा  लिरहेको अवस्थामा एस्ता  बक्तब्यले असर पुर्याउन सक्छ ।  नेपालको भेनेजुएलासँग कुनै प्रकारको पनि सम्बन्ध नरहेको अवस्थामा एकाएक प्रचण्डको यो बक्तब्य आउनु भनेको संसारभरिका कम्युनिस्ट एउटा अलग धारबाट गै रहेको,  संड्गठित 

भै रहेको स्थिती देखिन्छ ।  यसलाई  अमेरिक लगायतका अन्य राष्ट्रले गम्भिर रुपले हेरिरहेको पुष्टि त अमेरिकाको लागि नेपालको राजदुतलाई बोलाएर स्पस्टिकरण लिएको सन्दर्भ नै काफी छ ।  नेपाल सरकारले आउँदा दिनहरुमा अमेरिकासँगको सम्बन्ध सुधारमा पहल नगरेमा सरकारलाई नराम्रो धक्का लाग्ने अवस्था सिर्जना भएको छ ।

राजेश मिश्र, पत्रकार 

प्रचण्ड एकातिर ताकेर अर्को तिर गोली चलाउन खप्पीस खेलाडी हुन्। भारतले अमेरिकाको नाम नलिईकनै “भेनेजुएलाको भविष्य निर्धारण गर्ने अधिकार त्यहि मुलुकका जनताको हो” भनेको भोलिपल्टै प्रचण्डको बक्तब्य जारी हुनुको पछाडि कुन अर्थ लुकेको होला? प्रचण्डको बक्तबव्य आएपछि स्वदेश फर्किएका ओलीले भारतकै लोलीमा बोली मिलाएर “सरकारी धारणा” किन सार्वजनिक गरेका होलान? भेनेजुएलाको राजनीतिक संकटका बारेमा नेपालले, त्यो पनि प्रधानमन्त्री ओली मुलुक बाहिर हुँदा बोल्नेपर्ने त्यस्तो बाध्यता किन आईलाग्यो? प्रचण्डलाई बक्तब्य निकाल्न सघाउने माधव नेपाल थिए।

यसको के अर्थ हुनसक्छ? ओली पार्टी र प्रचण्ड पार्टीबीच भावनात्मक, सैद्दान्तिक र संगठनात्मक एकता भैसकेको छैन। यो केवल नेपाली कांग्रेसलाई सत्तामा आउन बाट रोक्ने एउटा चुनावी गठबन्धन थियो। ओलीको एकछत्र राज देखेर माधव नेपाल गूटको निन्द्रा हराम भएको छ। प्रचण्ड ओलीलाई कमजोर तुल्याएर कुर्सीमा उक्लिन एउटा गोडा उचालेर बसेका छन्। भेनेजुएला प्रकरण एउटा बाहना मात्र हो। अन्तर्य आन्तरिक राजनीक चलखेल हो। नेपाली कम्युनिष्टहरु उहिलेदेखि रूस र चीनमा पानी पर्दा काठमाण्डौमा छाता ओढ्थे। भेनेजुएला प्रकरणमा प्रतिपक्षी नेपाली कांग्रेसले समेत घुमाएर अमेरिकी छाता ओढ्नु उदेकलादो भयो। भेनेजुएला प्रकरण अरु केही होईन, अन्तर्राष्ट्रिय भूराजनीतिक अवस्थालाई आफ्नो स्थानीय स्वार्थमा प्रयोग गर्ने एउटा दाउपेच मात्र हो। बेला न कुबेला भेनेजुएला !

अवीन ओझा, प्राध्यापक, योर्क कलेज, सिटी युनिर्भसीटि ओफ न्यू योर्क 

नेपाल र  संयुक्त राज्य अमेरिकाको कुटनैतिक सम्वन्ध निकै पुरानो हो । सायद नेपालले  बेलायत सँग मार्च ३, १८१६ मा गरेको पहिलो कुटनैतिक सम्वन्ध पछि संयक्त राज्य अमेरीका सँग अप्रिल २५, १९४७ मा नेपालको कुटनैतिक सम्वन्ध कायम गर्दै अन्तराष्ट्रीय जगतमा आफ्नो कुटनैतिक सम्वन्ध हाल १६० जति मुलुक सँग कायम गर्दै आएको छ ।

यसर्थ यति पुरानो कुटनैतिक सम्बन्ध रहेको देश एवँ नेपालको विकासमा विभिन्न तवरले सहयोग गर्दै आएको दातृ राष्ट्रको आलोचनामा हतारको बक्तव्यबाजी गर्नु राजनैतिक, कुटनैतिक, एवँ   विकासका दृष्टिले परिपक्क भन्न सकिदैन । दाहालको  विज्ञप्ती लाई “सिद्धान्तबादी पक्षपात” अर्थात “आइडीयालजीकल बायस्ड” भन्दा अरु मान्न सकिदैन । दाहालको अहिलेकै विज्ञप्तीको आधारमा नेपाल-अमेरिका वीच रहेको कुटनैतिक सम्वन्धमा खासै फरक नपर्ला ।

 

भीमसेन राजबहाक, पत्रकार 

आफ्नो कुरा राख्नु अगाडि आफ्नो धरातल र हैसियत पनि हेर्नु र बुझ्नु पर्छ । विज्ञप्ती निकल्दा त्यो ख्याल गरिएन परिणाम आज देखियो !  अहिले जुन समस्या देखिएको छ, त्यसले नेपाल र अमेरिकाको सम्बन्धलाई राम्रो पक्कै गर्दैन ।

नेपाल सरकारको  तर्फ बाट आफ्नो धारणा आएको छ, त्यसले पनि समस्याको समाधान गरेन । अब नेपाल सरकारले कूटनितिक तवरले यस्को समाधान खोज्नु पर्छ ! हाम्रो हैसियत भनेको कुनै पनि देशसँग मित्रता तखेर मात्र भलो हुन सक्छ भन्ने कुरा  विर्सनु हुँदैन  ! अमेरिकासँग त झन सोच्न पनि सकिदैन !

 

बाला घिमिरे, पूर्व उपाध्यक्ष, प्रवासी मन्च 

बिगत केहि दिनदेखी नेपाल र अमेरिकाबिचको बर्षौ लामो कुटनितीक सम्बन्धका बारेमा जुन तरिकाले सतहमा बसेर मिडियामा चर्चा भईरहेको छ यो मलाई पटक्कै मन परेको छैन । कुटनितीका बारेमा यसरी सतहमा समाचारहरु बनाईनु अलि राम्रो होइन । नेपाल र अमेरिकाबिच धेरै लामो समयदेखीको निकै राम्रो सम्बन्ध रहिआएको छ । केहि समय पहिला मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीजीले धेरै बर्षसम्म नभएको उच्चस्तरीय भ्रमण गरेर दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने काम गरेको कुरा सबैका सामु छर्लगै छ । 

अमेरिकाले सहयोग रकम बढाएको छ, धेरै कुराहरुमा गहन छलफल र सहकार्यका बारमो धेरै राम्रो कुरा भएको थियो । 

जुन भेनेजुयलाको घटना र बिज्ञप्ती पछाडिको कुरालाई लिएर मिडियामा आए जस्तै सजिलै दुई देशको सम्बन्ध बिग्रने वा शंका पैदा हुने कुरा हुन्छ भन्ने मलाई लाग्दैन । दुई देशको सम्बन्ध र कुटनितीका बारेमा बर्तमान सरकार अनि परराष्ट्र मन्त्री अनि अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्की निकै क्षमतावान हुनुहुन्छ त्यसैले म पुर्ण बिश्वस्त छु की दुई देशको सम्बन्धमा कुनै कमी आएको छैन, आउने पनि छैन र केहि भ्रमहरु भए पनि चांडै अन्त्य हुनेछन्।

राधाकृष्ण देउजा, महासचिव, प्रवासी मन्च 

नेपाल सरकार वा नेपालको कुनै राजनीतिक दलले अर्को कुनै देशको सरकार वा शासकको वारेमा आफ्नो धारणा बनाउन पाउँछ र त्यसको बारेमा आफ्नो प्रतिक्रिया दिन पनि पाउँछ तर त्यसो गर्दै गर्दा अर्को कुनै देशको नाम वा भूमिका जोडेर प्रतिक्रिया दिइनु उचित हुदैन र छैन ।भेनेजुयलाको सम्वन्धमा वक्तव्य दिंदा अमेरिका वा अरु कोहि देशको नाम उल्लेख हुनु वा गरिनु कुटनीतिक रुपमा उचित हुने कुरै भएन त्यसैले नेपाल सरकारले  शिष्ट र सभ्य भाषामा आफ्नो मत राखेको छ , उक्त मतमै पनि हाम्रो समर्थन होला नहोला तर सरकारको वक्तव्यले कुटनीतिक मर्यादा राखेको छ , त्यसैले सरकार वाहेक अरुका वक्तव्यले  कुटनीतिक दुनियामा खासै महत्व नराख्ला पनि ।

उपेन भट्ट, न्युयोर्क 

प्रचण्डको विज्ञप्तिको अर्थ हो, संसारका कम्युनिस्ट तानशाह एक हुदै त्यसलाई जोगाउनु पर्छ । एक अर्कालाई अवश्यक परेको बेला सहयोग गर्नु पर्छ । यो वक्तव्यले नेपालमा प्रजातन्र खतरामा रहेको र वर्तमान कम्युनिस्ट सरकारले बाहिरी रूपमा प्रजातन्र भने पनि दुई तिहाई बहुमतको आडमा नेपालमा कम्युनिस्ट शासन स्थापना गर्न खोजेको छ । जुन कुरा वर्तमान सरकारले प्रजातन्र विरोधी क्रियाकलाप जस्तै पत्रकारलाई समाचार लेखेको भरमा गिरफ़्तार गर्नु, आफु भन्दा फरक विचार भएकालाई जवर्जस्ति दवाउन खोज्नु उदाहरण हुन । 

 

अब जन्मभूमि नेपालमा प्रजातन्र खतरामा रहेको र कम्युनिस्ट वाद नेपालमा हावी हुदै गएको अवस्थामा जसरी प्रचण्डले विश्वका सम्पूर्ण कम्युनिस्ट एक हुनु पर्छ भन्ने सन्देश दिए जस्तै गरि अब विश्वका प्रजातन्रमा विश्वास गर्ने व्यक्ति, सस्था, देश  बोल्नु पर्छ र नेपालमा प्रजातन्र खतरामा छ भन्ने कुरा बुझ्नु पर्छ । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result