Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति ट्रम्पको संयुक्त सदनमा सम्बोधनः अबैध आप्रवासीहरुलाई अमेरिकाबाट फर्काइन्छ

माघ २२, २०७६ ४:५४ मा प्रकाशित
राष्ट्रपति ट्रम्पको संयुक्त सदनमा सम्बोधनः अबैध आप्रवासीहरुलाई अमेरिकाबाट फर्काइन्छ
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध रुपमा अमेरिका आउनेहरुलाई फर्काइने बताएका छन । अमेरिकी सिनेटबाट महाअभियोगको अन्तिम फैसला हुनु एक रात अघि अमेरिकी कंग्रेसको संयुक्त सभा अर्थात स्टेट अफ युनियनलाई सम्बोधन गर्दै ट्रम्पले अवैध रुपमा अमेरिका आउनेहरुलाई कुनै स्थान नभएको बताएका छन । उनले अवैध आप्रवासीहरुका कारण असुरक्षा बढेको र न्युयोर्क र क्यालिफोर्नीया जस्ता राज्यको कानुन फितलो भएका कारण अवैध तथा आपराधिक पृष्ठभुमिका आप्रवासीहरुले पनि मुक्ति पाइरहेको आरोप लगाएका छन । आगामी कार्यकालमा आप्रवासीहरुप्रति झन कठोर हुने संकेत गर्दै ट्रम्पले अवैध आप्रवासनलाई रोक्न मेक्सीकोको सिमामा पर्खाल लगाउने कार्यपनि उल्लेख्य रुपमा अघि बढिरहेको बताए । अर्को बर्ष अझ तिब्र गतिमा काम हुने दावी गरे ।

रोजगारी र आर्थिक प्रगतिको बयान

राष्ट्रपति ट्रम्पले अमेरिका आफ्नो कार्यकालमा अहिले सम्मकै उत्कृष्ट लयमा हिडिरहेको दावी गरेका छन । अमेरिकी कंग्रेस अर्थात स्टेट अफ द युनियनलाई सम्बोधन गर्दै ट्रम्पले तीन बर्षको आफ्नो उपलब्धिको बयान गर्न धेरै समय खर्चेका थिए । आफ्नो कार्यकालमा बेरोजगारी दर ५० बर्ष यताकै कम भएको दावी गरेका छन । तीन बर्षमा अफ्रिकन, स्पेनीस तथा एशियन अमेरिकनको बेरोजगारी दरमा पनि निकै कमी आएको दावी गरे । महिला बेरोजगारी तथा गरिबीको दरमा पनि उल्लेख्य सुधार भएको बताए । सेभेन मिलियन नयां रोजगारी श्रृजना गर्न सक्नु ठुलो उपलव्धि भएको उनको दावी छ ।
आगामी बर्ष हेल्थ केयरमा सुधार गरिने आस्वासनपनि ट्रम्पले दिएका छन । औषधिको मुल्यमा कमी ल्याउन पहल गरिने बताएका छन । अमेरिकी स्वास्थ्य बिमालाई सबैको पहुंचमा लैजाने बाचा पनि गरेका छन । चीनसंगको ट्रेड डिलको प्रसंशा गर्दै ट्रम्पले यसले अमेरिकालाई निकै फाइदा भएको दावी गरेका छन । कोरोना भाइरसको नियन्त्रणकोलागि चीनीयाँ सरकारसंग सहकार्य भइरहेको बताए । आइएसआइएस नेता बगदादी र इरानीयन जनरल कास्सेम सोलेमानीको हत्यालाई ठुलो उपलव्धी मान्दै ट्रम्पले सोलेमानी र बगदादीको मृत्युले अमेरिका थप सुरक्षित भएको दावी गरे ।


सभामख पेलोसीसंग हात मिलाएनन ट्रम्पले

राष्ट्रपति ट्रम्पले सम्बोधन गरिरहंदा रिपब्लिकन सांसदहरुले उठेर ताली बजाइरहका थिए भने अधिकांश डेमोक्रयाटहरु भने शान्त थिए । डेमोक्रयाटीक सांसद तथा सभामुख न्यान्सी पेलोसीले सम्बोधनको शूरुमा हात मिलाउन हात दिंदा ट्रम्पले उपेक्षा गरी नदेखझै गरे । न्यान्सी पेलोसीकै कारण प्रतिनिधि सभाबाट ट्रम्प विरुद्ध महा अभियोग प्रस्ताव पारित गरिएको आरोप रिपब्लिकनहरुले लगाउंदै आएका छन । बुधबार अमेरिकी सिनेटमा ट्रम्प विरुद्धको महाअभियोग आरोपमा मतदान हुदैछ । भलै सिनेटमा रिपव्लिकनहरुको बहुमत भएका कारण ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव पारित नहुने निश्चितप्राय छ । तर आफु विरुद्धको महाअभियोगको अन्तिम फैसला हुनु अघि ट्रम्पले गरेको सम्बोधनले धेरै अर्थ राख्ने विश्लेषकहरुको भनाइ छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result