Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओली सरकार अब  काठको बाकासमा आउने लासमा पनि  कर लगाउ 

माघ २३, २०७५ १:२९ मा प्रकाशित
ओली सरकार अब  काठको बाकासमा आउने लासमा पनि  कर लगाउ 
Share on FacebookShare on Twitter

बद्री गौतम 

न्युयोर्क । “ खाडीबाट आउने हरेक लाशबाट भन्सार उठाउ, लाशमा घोप्टेर रुनेका आँशुमा कर लगाउ, बटुलेको रकम नेताको उपचारमा लगाउ”

सामाजिक सञ्जालमा भेटिने यस्ता धारणाले निकै गम्भीर बनाउँछ । राजनीतिक दलका नेता, सरकार, तीनका कर्मचारीको अचाक्लीलाग्दो पारामाथी पोखिने यस्ता आक्रोशहरु केवल व्यंगमात्र हुन सक्दैनन् । यो त पीडापछिको चित्कारको चरमरुप हो । नागरिक बाध्यताले विदेश जान्छ, जोखिम मोल्छ, केही रकम पठाउंछ त्यसैले मुलकको अर्थतन्त्र चलिरहेको छ ।

आखिर कसरी चलेको छ हाम्रो मुलुक ?  

यसको सजिलो उत्तर छ रेमिट्यान्स । विश्व बैकका अनुसार नेपालको जिडिपीको ३० दशमलव एक प्रतिशत रेमिट्यान्सले ओगट्छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनामै नेपालमा झण्डै चार खर्ब रुपैयाँ रेमिटेयान्स भित्रिसकेको छ । राष्ट्र बैंकका अनुसार यो अघिल्लो बर्ष भन्दा ३१ प्रतिशतले बढी हो  ।

त्यो रेमिट्यान्स तिनै नागरिकले पठाइरहेका छन्, जो आफ्नै विमानस्थलमा आफ्नै कर्मचारीहरुबाट ठगिन्छन अनि आफ्नै सरकारले थोपरेको अनावस्यक करको बोझले थलिएका हुन्छन । विदेशबाट आउनेले ल्याउने दुइ बोतल रक्सी, आफ्नतलाई ल्याईदिएको कोसेलीपातमा करको ठुलो रकम देख्ने सरकार आँफै कति मितव्वययी छ त ? त्यो त सरकारका मन्त्री, सांसद वा कर्मचारीहरुको जीवनशैलीले नै प्रष्ट्याउंछ ।

रेमिट्यान्सले धानेको मुलुकका राजनीतिक दल तथा सरकार र कर्मचारीहरुको जीवन स्तर हेर्दा त्यो देशका जनता विदेशमा पसिना बगाएर आफ्नो मुलुक चलाउंछन भन्ने कदापी लाग्दैन ।  त्यो सरकार जो तिनै नागरिकले पठाएको रेमिट्यान्सले चलिरहेको छ । तिनै सरकारी कर्मचारी जो रेमिट्यान्सले चलेको अर्थतन्त्रबाट तलव भत्ता खान्छन, अनि तिनै राजनीतिक दलका नेताहरु जो रेमिट्यान्समार्फत जम्मा भएको सरकारी ढुकुटीबाट विदेशका महंगा अस्पतालमा उपचार गर्न जान्छन वा विदेशका सभा सेमिनारहरुका लागि सयर  गर्छन ।

अझ अचम्म लाग्दो के छ भने सरकारी ढुकुटीबाट विदेश आएर उल्टो विदेशमा रहेका नेपालीहरुलाई यसो गर उसो गर भनेर अर्ति उपदेशमात्र दिने होइनन् गाली गर्नपनि पछि पर्दैनन् कतिपय महानुभावहरु । कम से कम विदेश बसेर आफ्नो कर्म गर्ने पौरखीहरुसँग एकले अर्कोलाई सराप्ने समय त कम नै होला ?

कृषि प्रधान हाम्रो मुलुकमा करोडौंको धनीयाँपनि भारतबाट आयात हुन्छ । न केही उत्पादन छ, न त उद्योग कलकारखाना छन । भएका पनि पहिले नै बन्द भइसके । सरकार र राजनीतिक दलहरु समृद्धिका कोरा सपनाहहरु बाँडिरहेका छन । तर आफ्नै मुलुकमा केही उत्पादन गरौं भन्ने तर्फ भन्दा पनि अनत्पादक सपनाहरु बाँडेर सरकार र दलहरु कुहिरोमा रुमल्लीरहेका काग जस्ता बनेका छन ।

कम्युनिस्ट पार्टीको सरकार, सर्वहराहरूको सरकार गाँउमा कुखुराको भालेमा कर लगाउछ । बारीमा रोपिएको सुन्तलामा कर लगाउछ । जनताको रहेक गाँसमा कर लगाउछ । कालाव्यापारी, ठेकेदार र मेडिकल माफियाहरूलाई पोश्न कानुन बनाउछ ।

रेमिट्यान्स पठाउने नागरिक आफ्नै विमानस्थलमा ठगिन्छ 

बर्षौ पसिना बगाएर, छुट्टी मनाउन, लामो समय पछि परिवार सँग भेट्न विदेशबाट नागरिक जब उत्साह र उल्लासका साथ स्वदेश फर्कन्छ, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि भक्कानिन्छ । लगेज हराउँछ, पाइहालेपनि च्यातिएको हुन्छ, महत्वपुर्ण सामान चोरीएको हुन्छ ।

आफ्नो सामान चोरीयो वा लगेज आएन भने चासो र सरोकार राख्ने स्थानको खोजीमै भौतारिनु पर्छ । यदि केहि भएको छैन भने विदेशबाट ल्याएका केही सामानहरुमाथी निकै सोधीखोजी हुन्छ । कोही आफन्त र साथीभाइलाई उपहार स्वरुप केहि ल्याइएको छ भने त्यसमाथी थोपरीएका अनावस्यक करको झन्झटका कारण कतिपयले त त्यही छोड्छन । त्यसरी छोडिएका सामानहरुको लेखाजोखा हुन्छ वा हँदैन ? कसैले भन्न सक्दैन । कर्मचारीको व्यवहार हेर्दा यस्तो लाग्छ कि विमानस्थलको कुनै कमजोरी नै छैन, कमजोरी त केवल त्यो व्यक्तिको हो स्वदेश फर्किरहेको छ ।

उसले विदेश जानुको सजाय पाइरहेको छ । बल्ल बल्ल  विमानस्थलको काँडेबार पार गर्छ तब विमानस्थलमै सरकारी संरक्षणमा रहेका ट्याक्सीबाट फेरि ठगिन्छ । तर रेमिट्यान्स पठाउने त्यो नागरिकमाथी आफ्नै मुलुकभित्रै भइरहेको शोषणको बारेमा चासो र सरोकार छैन रेमिट्यान्सले चलेको सरकारलाई ।

फेरी सामाजिक सञ्जालमा भेटिएको अर्को उक्ति–

“कान्छाहरुको खुनपसिना कान्छीहरुको अस्मिता मलेसिया र खाडीमा बेचेरपनि सांसद र मन्त्रीको तलब भनेजति बढाउन सकिन माफ गर सरकार ”

विमानस्थलबाट दैनीक किलोका किलो सुनको तस्करीमा सरकारले कर देखिदैन । लाखौका मोवाइल सेट गन्न भ्याउदैन, भिआईपिका सुटकेश हेर्न भ्याउदैन तर विदेशमा पसिना साटेर फर्किएकाहरूको झिटिगुण्टामा कर देख्छ सरकार । त्यही भएर भन्न बाध्य भईन्छ, हे दुई तीहाइको सरकार अब बाँकी रहेको भनेको सारा सपना काठको बाकासमा थुनेर आएका लास माथि पनि भन्सार कर लगाउ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result