काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले सोमबार उनीहरुबीच सिंहदरवारमा भेटवार्ता भएको पुष्टि गरे।
उनीहरुबीच अहिलेको समसमायिक राजनीतिक र सार्वजनिक महत्वका विषयमा छलफल बुmिझएको छ । २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सशंकित छन्।
राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-