Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकालाई हल्लाउने ग्यांग फाइटरहरु

माघ २५, २०७५ २:३६ मा प्रकाशित
अमेरिकालाई हल्लाउने ग्यांग फाइटरहरु
Share on FacebookShare on Twitter

 

 

बद्री गाैतम 

 

न्युयाेर्क ।  फेब्रुअरी तीन तारीखका दिन न्युयोर्कको नाइन्टी स्ट्रीट स्थित एल्महष्ट र रुजभेल्ट एभेन्यु जोडिने ठाउँ जसको माथीपट्टी सेभेन ट्रेन चल्छ । सोही सेभेन ट्रेनको प्लेटफर्ममा दिउसाे  १२ बजेर ४५ मिनेटको समयमा एक युवाको गोली हानी हत्या गरियो ।

 

ट्रेनमा सवार नेपाली बिदुर बिष्टले आफ्नो माेवाइलमा सो दृश्य कैद गर्न भ्याएछन् ।  सोही भिडियोका आधारमा गोली प्रहार गर्ने शंकास्पद व्यक्ति २६ बर्षिय रामिरो गुतिरेज नियन्त्रणमा आइसकेको प्रहरीको दावी छ । प्रहरीका अनुसार गोली प्रहारबाट मारिने व्यक्ति २० बर्षिय अल्बेल मोसो हुन ।

 

प्रहरीले हत्या गर्ने र मारिने व्यक्ति दुई फरक फरक आपराधिक गिरोहका सदस्य रहेको बताएको छ । गोली प्रहार गर्ने रामिरो आपराधिक समुह एम एस थर्टिन (एमएस – १३)  मा संलग्न रहेको प्रहरीको दावी छ भने गोली प्रहारबाट मारिने मोसो अर्को आपराधिक समुह १८ स्ट्रीट ग्यांगका सदस्य रहेको न्युयोर्क प्रहरीले बताएको छ ।

 

अमेरिकाको न्युयोर्क जस्तो शहरको व्यस्त स्थान, जहाँ लगातार ट्रेनहरु गुडिरहेका हुन्छन, सुरक्षा स्थितीपनि मजबुत पारिएको हुन्छ ।  मिनेट मिनेटमा प्रहरीकाे गस्ति हुन्छ । मानिसहरुको चहलपहल पनि निकै हुने गर्दछ । सोही स्थानमा दुई आपराधिक समुहविच गोली हानाहान हुन्छ अनि एक जना व्यक्तिको तत्कालै ज्यान जान्छ ।

न्युयाेर्क टाइम्सकाे  एक तथ्याङ्क अनुसार गत वर्ष गोली प्रहारबाट वर्षमा ४० हजार मानिसले अमेरिकामा ज्यान गुमाएको उल्लेख छ । त्यसमा ग्यांग फाइट एउटा महत्त्वपूर्ण पक्ष हो ।

 

के हो त एम एस थर्टिन

 

यो घटनापछि आपराधिक समुह एम एस थर्टिन (एमएस – १३)  का बारे चासो बढ्नु स्वभाविकै हो । संसारकै शक्तिशाली मुलुक अमेरिकाको सुरक्षा निकायलाइ नै चुनौती दिने आपराधिक समुह एम एस थर्टिनका बारे केहि जान्ने प्रयास गरिएको छ । आखिर के हो त एम एस थर्टिन । मारा साल्भाट्रूचा को छोटकरी नाम हाे  एम एस थर्टिन ।

 

यसकाे इतिहास  बुझ्न सन् सत्तरी-असीको दशकतिर फर्कनु पर्दछ । जुन समय शीतयुद्ध चरम अवस्थामा थियो । जुनसुकै बेला पनि अमेरिका र सोभियत संघका विच युद्ध हुन सक्ने त्रासदी थियो । सोही समयमा अमेरिकी महादेशका अधिकांश मुलुकहरु आन्तरिक द्वन्द्वमा  फसीरहेका थिए । यस्तै समस्यामा  रुमल्लीइ रहेको अमेरिकी महादेशको एक मुलुक हो, एल साल्भाडोर ।

 

एल साल्भाडोरको आन्तरिक द्वन्द्व चरमोत्कर्षमा पुगेपछि सुरक्षाको खोजीमा अमेरिका छिर्ने साल्भाडोरियनहरुको संख्यापनि निकै बढ्न पुग्यो । अमेरिकाको लस एन्जलस क्षेत्रमा शरणको खोजीमा आउने एल साल्भाडोरियनहरुको बाहुल्य भएको क्षेत्र हुन थाल्यो । कतिपय त पहिलेदेखि नै सो क्षेत्रमा स्थापित पनि भइसकेका थिए । तर अमेरिकाले उनीहरुलाइ कानुनी मान्यता दिएन । शरणार्थीको रुपमा अमेरिका बस्न चाहिरहेका एल साल्भाडोरियनहरुकाे मागलाई अमेरिकी सरकारले अस्वीकार गरिदियो ।

 

मेक्सिकन, होण्डुरस अनि एशियन मुलका मानिसहरुको दवदवाबाट एल साल्भाडोरियनकाे सुरक्षाका लागि भन्दै  लस एन्जलस क्षेत्रमै जन्मियाे  एम एस थर्टिन ।  केही युवाहरुले आफ्नो समुदायको सुरक्षाको लागि भन्दै स्थापना गरेका थिए एम एस थर्टिन ।  स्वदेश फर्किउँ, लामो द्वन्द्वपछि पनि मुलुकको अवस्थामा खासै सुधार छैन, अमेरिकामा बसौं बैधता छैन । यस्तै यस्तै अन्योलका बिचमा जन्मिएको एम एस थर्टिन, कालान्तरमा संसारकै डरलाग्दो आपराधिक गिरोहको रुपमा परिणत हुन पुग्यो ।

 

ग्यांगमा आवद्धहरुको संख्या  झण्डै ५० हजार

 

अर्नेष्टो डेराज भन्ने व्यक्तिको नियन्त्रणमा गइसकेपछि यो समुह परम्परावादी आपराधिक गिरोहको रुपमा विकसित हुदै आएको अनुमान गरिन्छ । अपराधको दुनियाँमा सनसनी मच्चाउंदै आएको यो गिरोहका सदस्यहरु अमेरिकामा मात्रै दश हजार भन्दा धेरै रहेको अनुमान गरिन्छ । अमेरिका भन्दा बाहिर यो गिरोहमा आवद्धहरुको संख्या  झण्डै ५० हजारको हाराहारीमा रहेको अनुमान लगाइन्छ ।

 

अमेरिकाकाे लस एन्जलस, सन फ्रान्सिस्को, बोस्टन, भर्जिनिया, न्युयोर्कका क्वीन्स, लङ आइल्याण्ड, वसिङटन डिसी, न्यु जर्सी, मेरिल्याण्ड, मेसाचुसेट, नर्थ क्यारोलाइना, जर्जिया र टेक्सस लगायतका क्षेत्रमा यो गिरोह सक्रिय रहेको बताइन्छ । एम एस थर्टिनको मुख्य धन्दा  अमेरिका बाहेक, क्यानाडा, एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरसमापनि उत्तिकै सक्रिय रहेको छ । यो आपराधिक समुहले अपराधको दुनियाँका अधिकांश काम गर्छ । नगर्ने अपराध केही छैन यसको ।

 

यो समुहले अपराधको संसारमा नगर्ने कामहरु सायदै भेटिएलान् । लागु औषधको तस्करी देखि हतियारको अवैध कारोवारलाई त मुख्य पेशा बनाएको छ यो समुहले । त्यतीमात्र होइन, यो समुहले आप्रवासीहरुलाई अवैध रुपमा अमेरिका छिराउने र आपराधिक काममा लगाउने गर्दछ । हत्या, चोरी डकैती गनि साध्धे छैन ।  बेश्यावृत्ति र मनी लौण्डरीङका कामपनि यो गिरोहले गराउछ । विशेषगरी बीस बर्षभन्दा मुनीका युवा युवतीहरु यसको निशानामा  पर्ने गरेका छन ।

 

पारिवारीक विखण्डनको शिकार भएका तथा अभिभावकत्वको अभावमा एकांकी बन्न पुगेका युवा युवतीहरुलाई यो समुहले आफ्नो गिरोहमा सामेल गराउंछ । विभिन्न प्रलोभन देखाउने, प्रलाेभनमा नपरे  जबरजस्ती आफ्नो गिरोहमा सामेल गराउँछ । महिलाहरुलाई जबरजस्ती यौन पेशामा लाग्न बाध्य पार्नु,  युवाहरुलाइ डर र धम्की देखाएर आपराधिक क्रियाकलापमा लगाउनु यो समुहको उद्धेश्य हो ।

 

कोही व्यक्ति एम एस थर्टिनमा आवद्ध छ छैन कसरी चिन्ने ? यो नै मुख्य समस्या हो । केहि सदस्यले यसको नामबाट ट्याटु खोपाउने गरेको पाइएपनि सबैले ट्याटु खोपाउदैनन यसकारण पहिचान गर्न अप्ठेरो पर्छ । अमेरिकी प्रहरीले यो गिरोहका विरुद्धमा विभिन्न अपरेसनहरु चलाउंदै आएको छ ।

 

लस एन्जलस, बोस्टन लगाउयतका क्षेत्रमा एम एस थर्टिनका विरुद्धमा ठुलै कारवाही चलाइएको थियो । तर पनि यो आपराधिक गिरोहको सक्रियता उस्तै छ । अमेरिका बाहेक  एल साल्भाडोर, होण्डुरस र ग्वाटेमाला लगायतका मुलुकहरुमा यो समुहका विरुद्धमा विभिन्न कारवाही चलाइदै आएको भनिन्छ । तर  यो गिरोह झन झन बलियो हुंदै गएको अनुमान गरिन्छ ।

 

अमेरिकी राष्ट्रपतिको पनि चासो

 

अपराधको दुनियामा त्रासदी मच्चाइरहेको एम एस थर्टिन ग्याँङ, अमेरिकी राजनीतिमा पनि बहसको विषय बन्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नाे निर्वाचन अभियानका बेला यो समुहको अन्त्य गरिने बताएका थिए । उनले आप्रावासी सम्बन्धि डेमोक्र्याटहरुको गलत नीतिका कारण एम एस थर्टिन ग्याँङको प्रभाव बढ्दै गएको आरोप लगाउदै आएका छन ।

 

राष्ट्रपति ट्रम्पले आप्रावासी सम्बन्धि आफ्नो कडा नीतिको बचाउ गर्नु पर्दा आप्रवासीहरुकै बाहुल्यता रहेको आपराधिक समुह एम एस थर्टिनको उदाहरण दिने गर्दछन । ट्रम्पले यस्तो समुहलाई संरक्षण गरेको भन्दै ओबामा प्रशासनमाथी आरोप लगाउंने गरेका छन । त्यस्तै एल साल्भाडोरका तत्कालिन राष्ट्रपछि अन्टोनियो साका र होण्डुरसका तत्कालिन रक्षामन्त्री अस्कर अल्भारेजले एम एस थर्टिनको आतंककारी संगठन अल कायदासंगलपनि सहकार्य रहेको आरोप लगाएका थिए । तर अमेरिकी गुप्तचर संस्था एफबीआइले भने यो गिरोहको अल कायदासंग सहकार्य नभएको बताएको थियो । अब आँफै अनुमान लगाउँ, अमेरिका जस्तो सर्वशक्तिमान मुलुकमा त यस्तो प्रभाव जमाउन सफल रहेको यो आपराधिक समुहले एल साल्भाडोर, होण्डुरस तथा ग्वाटेमाला जस्ता मुलकमा कस्तो त्राही त्राही मच्चाइरहेको होला ।

एजेन्सीकाे सहयाेगमा 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result