Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ल्होसारः न्युयोर्कमा युनाइटेड मुगुम अर्गनाइजेशनले मनायो ल्होसार

माघ २५, २०७६ ३:५३ मा प्रकाशित
अमेरिकामा ल्होसारः न्युयोर्कमा युनाइटेड मुगुम अर्गनाइजेशनले मनायो ल्होसार
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकामा नेपाली संस्कृति र चाडपर्वहरुको प्रवद्र्धन गर्नेक्रम निकै बढिरहेको छ । अमेरिकामा रहेका विभिन्न जाती र समुदायले आफ्ना मौलिक संस्कृति र पर्वहरु मनाउने क्रममा युनाइटेड मुगुम अर्गनाइजेशनले सोनाम ल्होसार पर्व भव्यताका साथमा मनाएको छ । न्युयोर्कको क्वीन्समा आयोजित कार्यक्रममा अर्गनाइजेशन तथा ल्होसार कार्यक्रमका अध्यक्ष पेमा नाकग्यालले पहिलेदेखि नै ल्होसार मनाइरहेपनि नेपाली संघसंस्थासंग मनाउन पाउनुलाई उपलव्धिको रुपमा लिएका थिए । उनले आगामी बर्षहरुमा यसरी नै संगठित रुपमा चाडपर्वहरु मनाइने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ (फिफ्ना)का अध्यक्ष लोक चेम्जोङले मुगुम अर्गनाइजेशनको प्रसंसा गर्दै मुगाली समाज नेपालमा विशेष पहिचान भएको समुदाय भएको बताए । अध्यक्ष चेम्जोङले नेपालीको पहिचान विभिन्न जातजातिको संस्कार र संस्कृति पनि भएको बताउँदै नेपालमा पहिचानको सहितको संघीयता स्थापित हुनुपर्ने बताए । उनले अमेरिकाको जनगणना २०२० मा दर्ता हुन समेत अनुरोध गरेका थिए । संस्थाका सचिव गेलेक नामग्यालले स्वागत मन्तव्य दिंदै मुगालीहरुको भेष भुषा विशेष भएको र मुगालीहरुले आफ्नो भेषभुषाको जगेर्ना गर्नुपर्ने बताए । मुगुमका मुगाली लामा र प्रमुख अतिथिद्धारा गौतम बुद्धको मूर्तिमा खादा चढाएर नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान गएर कार्यक्रमको शुरुवात गरिएको थियो । सोहि अवसरमा नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रसंसा गरेका थिए । त्यस्तै ढोक्पे किदुंगका अध्यक्ष गोभा जीवन लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए ।

एभरेष्ट टाइम्सका सम्पादक निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि एक हुनुपर्ने बताए । दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका चर्चित डान्सर गिता राईको नृत्य थियो भने कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, तेन्जिन साङमो, कुङगा डीमे, टाशी दुन्डुप र कुञ्जोम तथा सुमन बुढामगर, गीता राई, सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रमकी संयोजक तथा जनजाति महासंघ अमेरिकाकी सचिव टोमा लामाले कार्यक्रम सञ्चालन गर्दै आफूले खेलेका फिल्मका केही झलक पनि प्रस्तुत गरेकी थिइन् । उनले मुगालीहरुको आफ्नै संस्कार र संस्कृति भएकाले राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताइन् । उनले मुगाली समुदाय आफ्नो हक अधिकारका लागि संसारको जुनै ठाउँमा भएपनि एक भएर अगाढी बढ्ने समेत बताएकी थिइन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result