काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् ।
बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा ५ गुणा बढी रकम माग भएकाले अर्थमन्त्रालय दबाबमा परेको बताए।
उनले सरकारकले चालू आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपैयाँको आएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’
निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने अर्थमन्त्री शर्माले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-